default_image

7 years ago

April 9, 2018

मेस्सीले गरे रोनाल्डिन्होले बनाएको कीर्तिमान बराबरी

59 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – लेगानेससँगको जितमा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले अर्का ब्राजिलियन फुटबलर रोनाल्डिन्होको कीर्तिमान बराबरी गरेका छन्। 

messi ronaldinho

लेगानेस विरुद्ध ह्याट्रिक गर्ने क्रममा फ्री किक मार्फत गोल गर्दै मेस्सीले रोनाल्डिन्होको २००६-०७ सिजनको कीर्तिमान बराबरी गरेका हुन्। यो फ्री गोल मेस्सीको सिजनको सातौं र ला लिगाको छैटौं गोल हो। यो गोलसँगै एकै सिजनमा फ्री किक मार्फत सर्वाधिक गोल गर्ने कीर्तिमानमा रोनाल्डिन्होसँगै मेस्सीले आफ्नो नाम पनि राखे।

मेस्सीले बार्सिलोनाका लागि करियरमा ३४ गोल फ्री किक मार्फत गरेका छन् भने अर्जेन्टिनाका लागि उनले ६ गोल फ्री किकबाट गरेका छन्। यसअघि मेस्सीले २०११-१२ र २०१५-१६ को सिजनमा फ्री किक मार्फत सर्वाधिक ४ गोल गरेका थिए।

October 7, 2024

अस्ट्रेलियामा प्रतिभा र राजेन्द्र सर्वाेत्कृष्ट

दिल तामाङ ,सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको पाँचौं महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र राजेन्द्रले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरे। प्रतिभाले म्याग्दी काली युनाइटेड र राजेन्द्रल ढोरपाटन क्लबबाट […]

October 7, 2024

ढोरपाटन र म्याग्दी कालीलाई भलिबल उपाधि

दिल तामाङ ,सिड्नी आयोजक ढोरपाटन क्लब अस्ट्रेलिया र म्याग्दी काली युनाइटेडले पाँचौं संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ को उपाधि जितेका छन् । ढोरपाटन पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । अस्ट्रेलियाकाे सिड्नीस्थित अवर्न बास्केटबल सेन्टर लिडकममा आइतवार भएको एक दिने प्रतियोगिताको पुरुषतर्फको फाइनलमा आयोजक ढोरपाटनले म्याग्दी प्रवासी नेपाली संघ […]

October 3, 2024

काठमाडौंको जितले मधेश र गण्डकी बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सको तेस्रो जितसँगै मधेश युनाइटेड र गण्डकी थन्डर्स वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को लिग चरणबाटै बाहिरिएका छन् । काठमाडौंले बिहीवार मधेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा मधेश १ खेल र गण्डकी २ खेल बाँकी छँदै लिग चरणबाटै बाहिरिएका हुन् । फाइनल पुग्ने सम्भावना […]

Success

Thank you for your time.