default_image

9 years ago

January 18, 2016

अल्ट्रा धाविका मिरा सम्मानित

132 views

0 Bookmark

अल्ट्रा धाविका मिरा राई सोमबार सम्मानित भएकी छन् । नेपाल क्यानाडा फ्रेन्डसिप कल्चर एसोसिएसनले गरेको कार्यक्रममा मिरालाई सम्मान गरेको हो ।

a1

उपप्रधान तथा गरिबि निवारण मन्त्री चित्रबहादुर केसीले उनलाई नगद सहितको सम्मान गरेका थिए । अल्ट्रा दौडमार्फत नेपाललाई अन्तर्राष्ट्यि क्षेत्रमा चिनाउन सफल मिरा अल्ट्राको महिला धाविकका तर्फ विश्वको दोस्रो वरियता खेलाडी हुन् । खुसी हुँदै सम्मानपछि मिराले भनिन्, भोजपुरको विकट गाउँबाट आएर, सरकारको सहयोग विना शुभचिन्तक सहयोगीहरुको साथमा अहिले सम्मको यात्रा तय गर्न सफल भएको बताइन् ।

उनले भनिन् , म विश्वका ८ देशको पहाडमा दौडिएर फर्केकी छु । हाम्रो त जताततै पहाड छ। यस्तोमा झन अल्ट्राको बढी सम्भावना हुन्छ । तर हाम्रो सरकारले यसलाई ध्यान दिएको छैन । उनले खेल जीवनमा अझै अघि बढ्ने अठोट व्यक्त गर्दै अहिले सम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । सो अवसरमा उनले कराते प्रशिक्षक ध्रुबविक्रम मल्ललाई पनि धन्यवाद दिइन् । मल्लकै सल्लाह, सुझाव र सहयोगमा मिरा अल्ट्रामा प्रवेश गरेकी थिइन् । उनी माओवादी सेना समायोजनमा अयोग्य ठहरिएपछि अल्ट्रातर्फ अघि बढेकी हुन् ।

गत असारमा फ्रान्समा सम्पन्न ८० किलोमिटर दुरीको म्याराथन डु मोन्ट ब्लान्स अल्ट्रा दौडको उपाधि जितेपछि मिरा चर्चामा आएकी थिइन् । उनले त्यो दौड १२ घन्टा ३१ मिनेट १२ सेकेन्डमा पुरा गरेकी थिइन् ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.