default_image

9 years ago

January 18, 2016

भानुभक्त खेलकुद मोहत्सव जारी

141 views

0 Bookmark

भानुभक्तका मनोज थापा र ग्यालेक्सिका उपेन पराजुलीले टेवल टेनिसको उमेर समूहतर्फ सोमबार स्वर्ण जितेका छन् ।

a3

भानुभक्त मेमोरीयल उच्च माध्यामिक बिद्यालयको साप्ताहिक खेलकुद महोत्सव अन्तरर्गत टेबल टेनिसतर्फको  यू–१२ मा मनोजले आईडियल मोडलका सफल राज जोशीमाथी ११–९ र ११–६ को सहज जित निकालेका थिए । यू–१२ तर्फ ग्लोबल पाठशालाका आसुतोश न्युरे र आयोजक भानुभक्तका मिलन लामाले संयुक्त रुपमा कास्य जिते ।

पानीपोखरी स्थित भानुभक्त स्कुलको स्वर्ण जयन्तीको अवसरमा संचालन भएको ब्वाईज यु–१४ तर्फ उपेनले अक्सिडेन्टलका सुमित गेलाललाई फाईनलमा ११–५,११–७,८–११ र ११–७ ले हराए । सोहि समूहमा अक्सिडेन्टलका बरादन खनाल र आईडल मोडलका सुजन राई सयुक्त रुपमा तेश्रो भए ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.