default_image

7 years ago

March 22, 2018

नवनियुक्त खेलकुद मन्त्रीलाई राखेपमा स्वागत

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राखेपका अध्यक्ष एवं नवनियुक्त युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मालाई बधाई, स्वागत तथा शुभकामना व्यक्त गरेको छ ।

मन्त्री विश्वकर्मालाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा, राखेपका सदस्यसचिव केशव कुमार बिष्ट, कोषाध्यक्ष शैलेस कर्माचार्य, राष्ट्रिय खेलकुद परिषदका सदस्यहरु, कर्मचारीहरु, राष्ट्रिय संघका पदाधिकारीहरु लगायतले खादा तथा माला लगाएर स्वागत गरेका थिए ।
स्वागतपछि कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले नागरिकको स्वास्थ्य र मानसिक विकासका लागि खेलकुद क्षेत्रको निकै नै महत्व रहेकोले सिंगो राष्ट्र र नागरिक स्वस्थताको लागि खेलकुद क्षेत्रलाई नै स्वस्थ र मर्यादित बनाउनु पर्ने बताए । उनले विगतका नकारात्मक कुराहरुबाट पाठ सिक्दै सकारात्मक कुराहरुलाई संस्थागत गर्दैै खेलकुद क्षेत्रको विकासमा अगाडी बढ्नुपर्ने समेत बताए ।

युवा तथा खेलकुद मन्त्रालय खेलाडी तथा खेल क्षेत्रमा नयाँ उत्साह ल्याउने खालका कार्यहरु गर्न र ल्याउन अगाडी बढि सकेको बताए । राष्ट्र निर्माणको महान अभियानमा खेलकुद क्षेत्र पनि लाग्नुपर्ने भन्दै राष्ट्रको गरिमा र गौरव रहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को जिम्मेवारीलाई सबैले सामुहिक रुपमा संकल्प गर्दै त्यसलाई समयमा नै सम्पन्न गर्नेतर्फ अघि बढ्न निर्देशन दिए । उनले खेलकुद विकासका लागि भौतिक पूर्वाधारलाई अगाडी बढाउनु पर्ने भन्दै खेलकुद विकासका लागि कुनै किसिमको कसर बाँकी नराख्ने बताए ।

खेलकुद मन्त्रीलाई स्वागत तथा बधाई ज्ञापन गर्दै सदस्यसचिव केशव कुमार बिष्टले आज निर्णय गर्ने, कार्य गर्ने, योजना बनाउने र बजेट प्रदान गर्ने सबै क्षेत्रमा पहुंच भएकोले आगामी वर्ष खेलकुद क्षेत्रलाई स्वर्ण युगमा पुर्‍याउन अगाडी बढ्ने बताए । खेलकुद क्षेत्रको विकासमा बजेटको अपुग रहेको भन्दै पर्याप्त बजेट प्राप्त गर्नेमा आफु विश्वस्त रहेको बताए । पूर्वाधारका कारण तेह्रौ सागलाई असर नपार्ने भन्दै सरकारको बजेट, इच्छा शक्ति र खेलकुद भित्रका एकबद्धताले मात्र प्रभावित हुने बताए । यसका लागि आफु सजग रहेको पनि बताए । बजेट अभाव नभएमा आठौं राष्ट्रिय खेलकुद समयमा नै सम्पन्न गर्दै नयाँ ईतिहास रच्ने बताए । उनले खेलकुदलाई नयाँ ढंगले अगाडी बढाउन खेलकुद ऐन पनि परिमार्जन गर्नु पर्ने भएकाले बृहत छलफलको आवश्यकता रहेको बताए ।

कार्यक्रममा राखेपका उपाध्यक्ष लामा टेण्डी शेर्पा, सम्पूर्ण राष्ट्रिय खेल संघका तर्फबाट माननिय सांसद एवं कबड्डी संघका अध्यक्ष तुलसा थापा, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राखेप कर्मचारी संघका महासचिव फणिन्द्र पौडेलले आआफ्ना क्षेत्रमा भएका कमि कमजोरी तथा आवश्यकतालाई मन्त्री समक्ष प्रस्तुत गरेका थिए ।

October 7, 2024

अस्ट्रेलियामा प्रतिभा र राजेन्द्र सर्वाेत्कृष्ट

दिल तामाङ ,सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको पाँचौं महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र राजेन्द्रले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरे। प्रतिभाले म्याग्दी काली युनाइटेड र राजेन्द्रल ढोरपाटन क्लबबाट […]

October 7, 2024

ढोरपाटन र म्याग्दी कालीलाई भलिबल उपाधि

दिल तामाङ ,सिड्नी आयोजक ढोरपाटन क्लब अस्ट्रेलिया र म्याग्दी काली युनाइटेडले पाँचौं संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ को उपाधि जितेका छन् । ढोरपाटन पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । अस्ट्रेलियाकाे सिड्नीस्थित अवर्न बास्केटबल सेन्टर लिडकममा आइतवार भएको एक दिने प्रतियोगिताको पुरुषतर्फको फाइनलमा आयोजक ढोरपाटनले म्याग्दी प्रवासी नेपाली संघ […]

October 3, 2024

काठमाडौंको जितले मधेश र गण्डकी बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सको तेस्रो जितसँगै मधेश युनाइटेड र गण्डकी थन्डर्स वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को लिग चरणबाटै बाहिरिएका छन् । काठमाडौंले बिहीवार मधेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा मधेश १ खेल र गण्डकी २ खेल बाँकी छँदै लिग चरणबाटै बाहिरिएका हुन् । फाइनल पुग्ने सम्भावना […]

Success

Thank you for your time.