default_image

9 years ago

January 15, 2016

खो खो खेलाडी बन्द प्रशिक्षण झापामा माघ ५ देखि भारतमा

299 views

0 Bookmark

१२ औं दक्षिण एशियाली खेलकुदमा समावेश खो खो खेलको पुरुष तथा महिला खेलाडीहरुको बन्द प्रशिक्षण झापा भद्रपुरको रंगशालामा विगत १५ दिन देखि संचालनमा रहेको छ ।
हिजो मिति २०७२ पुष ३० गते राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट, परिषद् सदस्य द्वय वीरेन्द्र श्रेष्ठ र शान्ति सिंहले प्रशिक्षण स्थलमा स्थलगत निरक्षण गर्नुभएको छ । प्रशिक्षक लक्ष्मीनारायण वैद्य र रामनारायण राय तथा सहायक प्रशिक्षक द्वय लोक बहादुर विष्ट र धीरेन्द्र यादवले प्रशिक्षण दिंदै आउनु भएको छ । पुरुष १५ र महिला १५ खेलाडीहरु बन्द प्रशिक्षणमा सहभागी रह“दै आएको छ ।
खो खो पुरुष तथा महिला दुवै टीमलाई थप प्रशिक्षणको लागि संघले भारतको सिलगुढीमा माघ ५ गते देखि भारतीय प्रशिक्षकबाट प्रशिक्षण हुने यस प्रेस विज्ञप्ति मार्पmत जानकारी गराउन चाहन्छौ । करीव १५ दिन भारतमा प्रशिक्षण पश्चात खो खो टोली १२ औं दक्षिण एशियाली खेल स्थल गुहाटी प्रस्थान गर्नेछ ।

January 14, 2025

बिबिसीलाई भेट्रान फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]

January 14, 2025

सरस्वती र प्रतिभा एभरेस्ट ग्लोबलको ब्रान्ड एम्वासडर

सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

Success

Thank you for your time.