default_image

7 years ago

February 28, 2018

राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपको उपाधि प्याडल नेपाललाई

62 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद)- फिस्लिंगमा सम्पन्न भएको  पर्वतिय खेलकुद महोत्सवअन्तर्गतको दोस्रो राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपमा प्याडल नेपाल ए टिम च्याम्पियन बनेको छ।

 प्याडल नेपाल ‘ए’ ले अर्जेन्टिनाको अलुमाइन नदीमा नोवेम्बेर ४ देखि १० सम्म संचालन हुने विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा सहभागिता जनाउने छ । स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभर गरी चार विधा समावेश च्याम्पियनसिपमा  प्याडल नेपाल ‘ए’ ले सर्वाधिक ९१३ अंक प्राप्त गरेको थियो भने दोस्रो हुने फिस्लिंगले ८९५ तथा ७८६ अंक जोडेको नेपाल कायाक क्लब तेस्रो बन्यो।

 नेपाल र्‍याफ्फ्टिङ तथा क्यानोइङ संघको आयोजनामा चितवनमा फिस्लिङमा भएको तीन दिने प्रतियोगितामा सात टोलीका १२ टिमका लागि १५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

September 29, 2024

मानबहादुरले अस्ट्रेलियामा हुने रनिङ कप भलिबल खेल्ने

दिल तामाङ , सिड्नी नेपाल राष्ट्रिय पुरुष टोलीका कप्तान मान बहादुर श्रेष्ठले अर्को साता अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने पाँचौं संस्करणको ढोरपाटन रनिङ कप भलिबल २०२४ खेल्ने भएका छन् । ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ असोज २० गते आइतवार (अक्टोवर ६) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । मान बहादुरले […]

September 29, 2024

यी विदेशी खेलाडीले खेल्नेछन् एभरेष्ट महिला भलिबल लिग

दिल तामाङ नेपाली भलिबल इतिहासमै खेलाडी वर्गिकरणसहित पहिलोपटक हुन लागेको फ्रेन्चाइज लिग भलिबल वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ । इन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको योे फ्रेन्चाइज लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा असोज १९ गतेसम्म चल्नेछ । इडब्लुभिएलमा टोली मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी […]

September 28, 2024

सोमपालले एकै ओभरमा २ विकेट लिए

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीले एकै ओभरमा २ महत्वपुर्ण विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा सोमपालले आफ्नो पहिलो ओभरमा नै दुई विकेट लिएका हुन् । आफ्नो पहिलो ओभरको तेस्रो बलमा नवनित धालीवाल र अन्तिम बलमा दिलप्रित बाज्वालाई आउट गराए । त्यसअघि अर्का तीव्रगतीका बलर रिजन ढकालले टि […]

Success

Thank you for your time.