9 years ago
January 12, 2016
मोर्डेन पेन्टाथलोन फेडरेशन नेपालको आयोजनामा पहिलो पटक कोच एण्ड एथ्लिट्स सेमिनार मंगलवार देखि शुरु भएको छ ।
सातदोवाटो स्थित अन्तर्राष्ट्रिय खेल परिसरमा संचालन भएको सेमिनारको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले उद्घाटन गरेका थिए । अध्यक्ष श्रेष्ठले ५ खेलको संयोगबाट प्रतिस्पर्धा गर्नु पर्ने भएकाले धेरै कुराको संयोजन गर्नु पर्ने बताए । उनले पेन्टाथलोन ट्रायथलन जस्तै मेडल सम्भावनको खेल भएकाले यसमा अवसर र चुनौती दुवै रहेको धारण ब्यक्त गरे । सो अवसर संघका अध्यक्ष एवंम राखेप सदस्य राजेन्द्र श्रेष्ठ(राजु),सदस्य सकुन्तोला नगरकोटीलगायतको उपास्थिति रहेको थियो । तीन दिने सेमिनारको इटलियन कार्लो प्यासियोतोरेले संचालन गर्ने छन् । कार्लोले सन् १९६८ को ओलम्पियन हुन् । ७१ बर्षिय कार्लोले बिभिन्न भूमिकामा ५५ बर्ष पेन्टाथलोनमा बिताई सकेका छन् । सेमिनारमा आर्मी,पुलिस र एपीएफका १२ जना कोच र १३ जना खेलाडिले सहभागिता जनाएका छन् पेन्टाथलोन रनिङ,सुटिङ,स्विमिङ,फेन्सिङ र हर्ष राईडिङको संयोगबाट खेलिने खेल हो ।
फोटो– मोर्डेन पेन्टाथलोन फेडरेशन नेपालको आयोजना गरेको कोच एण्ड एथ्लिट्स सेमिनार मंगलवार सातदोवाटो स्थित अन्तर्राष्ट्रिय खेल परिसरमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठद्धारा उद्घाटन गदै ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]