default_image

7 years ago

February 11, 2018

हिमालयन आउटडोर फेष्टिभल हुने

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सातौं संस्करणको हिमालयन आउटडोर फेष्टिभल अर्काे साता हुने भएको छ ।

आयोजक हिमालयन आउटडोर फेष्टिभल प्रालिले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सातौं संस्करणको फेष्टिभल शुक्रबार, शनिबार र आइतबार हुने जानकारी गराएको हो । फेष्टिभल हात्तीवन हिल फर्पिङमा हुनेछ ।

फेष्टिभलमा तीन विधा (राइड, रक र दौड) समावेश गरिएको छ । राइड अन्तर्गत डाउनहिल, क्रस कन्ट्री, इलिमिनेटर र नाइट अपहिल च्यालेन्ज हुनेछ । यस्तै रकमा बल्डरिङ प्रतिस्पर्धा, डाइनो प्रतिस्पर्धा र खुल्ला ओपन न्याचुरल रक हुनेछ । दौडतर्फ ५ किमि, १० किमि, २० किमि, नाइट रन र किड्स रन हुनेछ ।

५ किमि र किड्स रन रोमाञ्चकताको लागि फेष्टिभलका फाउन्डर स्पन्दन लामा मोत्तानले जानकारी गराए । डाउन हिलमा ५० भन्दा बढी र क्रस कन्ट्रीमा १ सय २० भन्दा बढी प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्ने बेसक्याम्प आउटडोर लाइफका परेश श्रेष्ठले जानकारी गराए । रकतर्फ २ सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

डाउनहिल र क्रस कन्ट्रीको इलिटतर्फको विजेताले ३० हजार प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले २० हजार र दोस्रो हुनेले १० हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितालाई नेपाल साइक्लिङ संघले प्राविधिक सहयोग गरेको छ । विभिन्न स्पर्धामा भारत, भुटान, चीन र जापानबाट प्रतिस्पर्धी आउनेछ ।

प्रतियोगितालाई नर्थ फेसले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिता सञ्चलान गर्न करिव १५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।

October 3, 2024

काठमाडौंको जितले मधेश र गण्डकी बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सको तेस्रो जितसँगै मधेश युनाइटेड र गण्डकी थन्डर्स वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को लिग चरणबाटै बाहिरिएका छन् । काठमाडौंले बिहीवार मधेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा मधेश १ खेल र गण्डकी २ खेल बाँकी छँदै लिग चरणबाटै बाहिरिएका हुन् । फाइनल पुग्ने सम्भावना […]

October 3, 2024

महिला टि ट्वान्टी विश्वकप आज सुरु हुँदै

एजेन्सी – नवौं संस्करण महिला टि ट्वान्टी विश्वकप युएईमा आज सुरु हुँदैछ । विश्वकपको पहिलो दिन दुई खेल हुँदैछन् । विश्वकपको पहिलो खेल समूह बी मा रहेको बंगलादेश र स्कल्यान्डबीच खेल हुनेछ । शारजहामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे मा खेल्दैछन् । बिहीवार नै हुने दोस्रो खेलमा समूह ए का पाकिस्तान र श्रीलंकाबीच […]

September 29, 2024

मानबहादुरले अस्ट्रेलियामा हुने रनिङ कप भलिबल खेल्ने

दिल तामाङ , सिड्नी नेपाल राष्ट्रिय पुरुष टोलीका कप्तान मान बहादुर श्रेष्ठले अर्को साता अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने पाँचौं संस्करणको ढोरपाटन रनिङ कप भलिबल २०२४ खेल्ने भएका छन् । ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ असोज २० गते आइतवार (अक्टोवर ६) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । मान बहादुरले […]

Success

Thank you for your time.