9 years ago
January 3, 2016
काठमाडौको पानीपोखर्रीस्थित भानुभक्त मेमोरीयल उच्च माध्यामिक बिद्यालयले स्थापनाको स्वर्ण जयन्तीको अवसरमा माघको पहिलो साता खेलकुद सप्ताह आयोजना गर्ने भएको छ ।
बिद्यालय प्रशासनले आज पत्रकार सम्मेलन गरि आगामी माघ २ देखि ९ गतेसम्म बिद्यालयस्तरीय खेलकुद मेलाको आयोजना गर्ने जानकारी दिएको हो ।
खेलकुद सप्ताहमा अन्तर बिद्यालयस्तरीय बास्केटबल र टेवलटेनिस प्रतियोगिताको आयोजना हुनेछ । प्रतियोगितामा काठमाडौं उपत्यकाका अधिकांश बिद्यालयको सहभागिता रहने आयोजक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ रञ्जीतले जानकारी गराए ।
यसका साथै प्रतियोगिताको उद्घाटन हुने दिन माघ २ गते बिद्यालयका पूर्व बिद्यार्थी, अबिभावक लगायत समाबेस गराएर दौड प्रतियोगिता आयोजना गरिने बिद्यालयका प्रधानमध्यापक प्रेम प्रसाद कडोलले पत्रकार सम्मेलनमा बताए । पानीपोखरीबाट नारायणगोपाल चोक हुदै सोही रुट फिर्ता हुनेगरि तीन किलोमिटरको दौड सञ्चालन हुनेछ । त्यस्तै बिद्यालय प्राङ्गणमा मार्चपास लगायत करााते डेमोस्ट्ेरसन हुनेछ ।
बिद्यालयकै बिभिन्न कक्षाका बिद्यार्थीहरुबीच कक्षागत क्रिकेट तथा फुटवल प्रतियोगिता सञ्चालन हुनेछ । माघ ९ गते समापनको अवसरमा पूर्वबिद्यार्थी र बिद्यालयका शिक्षकबीचको फुटवल खेल नेपाल पुलिस एकेडेमीको मैदानमा हुनेछ ।
स्वर्ण जयन्तीको अवसरमा बिद्यालयले स्वर्ण जयन्ती स्तम्भ निर्माण अभियानपनि सुरु गरेको छ ।
पत्रकार सम्मेलनमा स्वर्ण जयन्तीको लोगो अंकित टी–सर्ट सार्वजनिक गरिएको थियो ।
पत्रकार सम्मेलनमा बिद्यालय भूपू बिद्यार्थी संगठनका अध्यक्ष ठाकुरप्रसाद शर्मा, काठमाडौ महानगरपालिकाका प्रतिनिधि महेश काफ्ले लगायतको उपस्थिती थियो ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]