default_image

7 years ago

January 20, 2018

जनवारी ट्रान्सफरमा हुनसक्ने प्रिमियर लिगमका ७ ‘हाइ प्रोफाइल’ ट्रान्सफर

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नयाँ वर्षको सुरुआतसँगै खुलेको जनवरी ट्रान्सफर विन्डोको २० दिनसम्म केहि खेलाडीहरुले क्लब परिवर्तन गरिसके । फिलिप कौटिन्होले लिभरपुल छाडेर बार्सिलोना पुग्नु यस विन्डोको सर्वाधिक चर्चाको ट्रान्सफर हो । त्यस्तै आर्सनलबाट थियो वाल्कट एभर्टन, एभर्टनबाट रोस बार्क्ली चेल्सी लगायातका अन्य सरुवाले पनि समर्थकको ध्यानाकर्षण गरेको छ ।

ट्रान्सफर विन्डोमा अझ केही समय बाँकी हुँदा प्रिमियर लिग क्लब छाड्न सक्ने वा प्रिमियर लिगमा आउन सक्ने केही ‘हाइ प्रोफाइल’ खेलाडीहरु यसप्रकार छन् :

१. एलेक्सिस सान्चेज : यस ट्रान्सफर विन्डोमा चासोका विषय रहेका एलेक्सिस सान्चेजले आर्सनल छाड्ने हल्ला निकै बलियो बनेको छ । २९ वर्षीय चिलीका फरवार्ड बार्सिलोनाबाट २०१४ मा आर्सनल आएयता गनर्सका लागि निकै प्रवाभशाली गोलकर्ताका रुपमा स्थापित भएका हुन् । उनले आर्सनलका लागि सबै प्रतियोगितामा १ सय ६५ खेलमा ८० गोल गरेका छन् ।

सान्चेजलाई भित्राउन म्यानचेस्टर सिटीले प्रारम्भिक प्रयास गरेपनि अहिले अर्को म्यानचेस्टर क्लब, युनाइटेड बलियो स्थितिमा देखिन्छ । युनाइटेड उनलाई भित्राउन ३५ मिलियन पाउण्ड खर्चिन तयार छ ।

२. हेनरिक मिखीतार्यन : सान्चेज युनाइटेड गए भने अर्का खेलाडी भने युनाइटेडबाट आर्सनल पुग्ने बलियो सम्भावना छ । आर्सनलले सान्चेजको ट्रान्सफरमा २८ वर्षीय अर्मेनियन मिडफिल्डरलाई प्राथमिकतामा राखेको छ । २०१६ मा डर्टमन्डबाट युनाइटेड पुगेका उनले यस सिजनको सुरुआतमा राम्रो प्रदर्शन गरे बावजुद जोसे मौरिन्होको रोजाइमा उनलाई पर्न मुस्किल हुँदै आएको छ ।

३. लुकास मौरा : पिएसजीका विङ्गर लुकास मौरालाई भित्राउन टोटेनह्याम इच्छुक छ । यो सिजन पिएसजीका लागि ६ खेल मात्र खेलेका ब्राजिलियन फरवार्ड नियमित फुटबलको खोजीमा छन् । यो सिजन पिएसजीको कुनै पनि खेलमा सुरुआति ११ मा नपरेका मौरा विश्व कप नजिकिदा नियमित फुटबलको खोजीमा रहनेछन् । २५ वर्षीय मौरामाथि म्यानचेस्टर युनाइटेडले पनि चासो देखाएको छ । तर सान्चेजको ट्रान्सफरमा सफलता हासिल गरे युनाइटेडको मौरामाथिको चासो अन्त्य हुने सम्भावना छ ।

Lucas Moura

४. इडेन जेको : म्यानचेस्टर सिटीका पूर्व खेलाडी जेको ३१ वर्षको उमेरमा पनि राम्रो लयमा छन् । यो सिजनमा अहिलेसम्म रोमाबाट उनले २६ खेलमा १२ गोल गरिसकेका छन् । चेल्सी हाल उनलाई भित्राउने प्रयासमा छ । अल्भारो मोराटाले सोचे अनुरुप नखेल्दा चेल्सी उनको ब्याकअपको रुपमा जेकोलाई भित्राउने छ । सिटीबाट १ सय ३० प्रिमियर लिग खेलको अनुभव लिएका जेकोलाई चेल्सी यो उमेरमा पनि ४० मिलियन पाउण्ड खर्चन तयार रहेको इङ्लिस् सञ्चार माध्यमहरुले जनाएका छन् ।

५. माल्कम : यो ट्रान्सफर विन्डोमा निकै चर्चाका विषय बनेका अर्का खेलाडी हुन् फ्रेन्च क्लब बोर्डोका विंगर मलकम ओइभिएरा । २० वर्षको उमेरमा उनी लिभरपुल, आर्सनल, युनाइटेड, सिटी, चेल्सी र टोटेनह्यामको नजरमा परेका छन् । इङ्लिस् श्रोतका अनुसार टोटेनह्याम उनलाई भित्राउन नजिकिएको छ । बोर्डोले उनको मूल्य ४० मिलियन पाउण्ड तोकेको छ ।

६. डेनिएल स्टरिज: सिटीबाट लिभरपुलसँग आबद्ध भएयता स्टरिजले पहिलो सिजनमा १४ खेलमा ११ गोल  गरे । दोस्रो सिजनमा २९ खेलमा २४ गोल गरेका उनले त्यसयता चोटका कारण धेरै जसो समय विश्राममा बिताए । पछिल्लो ३ सिजनमा ४६ खेलमात्र खेलेका स्टरिज यो सिजन यार्गन क्लबको रोजाइमा पर्न संघर्ष गर्दैछन् । तसर्थ नियमित फुटबलको खोजीमा २८ वर्षीय इङ्लिस फरवार्डले यो विन्डोमा लिभरपुल छाड्ने सम्भावना छ । सेभिल्ला र इन्टर मिलानले उनलाई भित्राउन चासो देखाएका छन् । लिभरपुलले उनलाई खरदि गर्न २५ मिलियन निर्धारण गरेपनि इन्टर र सेभिल्ला उनलाई लोनमा लिन चाहान्छन् ।   

Sturridge

७. अबामेयाङ : आर्सनलले यो सिजन सोचे अनुरुप प्रदर्शन गर्न सकेको छैन । सान्चेजले क्लब छाड्ने लगभग पक्का भएपछि आर्सनल उनको बिकल्पमा अर्का ‘गोल मेसिन’ पिएर-एम्रिक अबामेयाङलाई बोरुसिया डर्टमन्डबाट भित्राउनेमा आशावादी छ । डर्टमन्डले अबामेयाङको ट्रान्सफरका लागि ६० मिलियन पाउण्ड माग गरेको छ । २८ वर्षीय फरवार्डले यो सिजन डर्टमन्डका लागि २३ खेलमा २१ गोल गरेका छन् ।

October 3, 2024

काठमाडौंको जितले मधेश र गण्डकी बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सको तेस्रो जितसँगै मधेश युनाइटेड र गण्डकी थन्डर्स वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को लिग चरणबाटै बाहिरिएका छन् । काठमाडौंले बिहीवार मधेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा मधेश १ खेल र गण्डकी २ खेल बाँकी छँदै लिग चरणबाटै बाहिरिएका हुन् । फाइनल पुग्ने सम्भावना […]

October 3, 2024

महिला टि ट्वान्टी विश्वकप आज सुरु हुँदै

एजेन्सी – नवौं संस्करण महिला टि ट्वान्टी विश्वकप युएईमा आज सुरु हुँदैछ । विश्वकपको पहिलो दिन दुई खेल हुँदैछन् । विश्वकपको पहिलो खेल समूह बी मा रहेको बंगलादेश र स्कल्यान्डबीच खेल हुनेछ । शारजहामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे मा खेल्दैछन् । बिहीवार नै हुने दोस्रो खेलमा समूह ए का पाकिस्तान र श्रीलंकाबीच […]

September 29, 2024

मानबहादुरले अस्ट्रेलियामा हुने रनिङ कप भलिबल खेल्ने

दिल तामाङ , सिड्नी नेपाल राष्ट्रिय पुरुष टोलीका कप्तान मान बहादुर श्रेष्ठले अर्को साता अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने पाँचौं संस्करणको ढोरपाटन रनिङ कप भलिबल २०२४ खेल्ने भएका छन् । ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ असोज २० गते आइतवार (अक्टोवर ६) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । मान बहादुरले […]

Success

Thank you for your time.