7 years ago
January 15, 2018
धनगढी (हाम्रो खेलकुद) – नेपाल एपिएफलाई फाइनलमा पराजित गर्दै आर्मीले नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलको उपाधि जितेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीको सूचीमा पनि फाइनलका दुई टोलीका खेलाडी नै छन् ।
उपाधि विजेता आर्मीका कप्तान भरत खवास प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छानिए । त्यस्तै उपविजेता एपिएका अन्जन बिष्ट उत्कृष्ट फरवार्ड छानिए । उनले प्रतियोगितामा ३ गोल गरेका थिए ।
त्यस्तै उत्कृष्ट डिफेन्डर एपिएफका टोप विष्ट रहे भने आर्मीका विकेश कुथु उत्कृष्ट किपर तथा आर्मीका सन्तोष तामाङ उत्कृष्ट मिडफिल्डर भए । आयोजक सुदुरपश्चिम ११ का अमानत सिहं उदयमान खेलाडि रहे ।
अन्जन विष्ट (एपिएफ) – उत्कृष्ट स्ट्राइकर
टोप विष्ट (एपिएफ) – उत्कृष्ट डिफेन्डर
विकेश कुथु (आर्मी) – उत्कृष्ट किपर
सन्तोष तामाङ (आर्मी) – उत्कृष्ट मिडफिल्डर
अमानत सिहं (सुदुरपश्चिम) – उदयमान खेलाडि
नवयुग श्रेष्ठ (आर्मी) – फाइनलका म्यान अफ द म्याच
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एपिएफ क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको पहिलो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई ४-१ ले हराएको हो। दोस्रो खेलमा एपिएफले एफसी खुमलटारलाई ३-० ले पराजित गरेको हो ।
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णालीमा चैतमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको १ सय १९ औं बोर्डले दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको राखेपले जनाएको छ। सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बसेको बैठकले लोगो र मस्कट […]
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]