default_image

7 years ago

January 12, 2018

टंकलाई दोहोरो स्वर्ण

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टंक बहादुर कार्की एनजिए एनएसी ओपन गल्फ च्याम्पियनसिपमा दोहोरो स्वर्ण जित्न सफल भएका छन् ।

प्रतियोगिताको अन्तिम दिन एकलतर्फ २ ओभर ७० अंक जोड्दै समग्रमा ३ ओभर २०७ का साथ शुक्र बहादुर राईलाई ५ स्ट्रोकले हराउँदै उनले दोहोरो स्वर्ण जित्न सफल भएका हुन् । यसअघि टंकले टिमतर्फ पनि स्वर्ण जितेका थिए ।

शुक्रले १ अण्डर ६७ को दिनकै उत्कृष्ट सेकोरकार्डमा समग्रमा ८ ओभर २१२ का साथ रजत पदक जिते । उनको पनि यो दोस्रो रजत हो । टिममा उनी सम्मिलित निर्भाना कन्ट्री क्लबले पनि रजत जितेको थियो ।

सुबास घिसिङले ९ ओभर ७७ अंक जोड्दै समग्रमा १८ ओभर २२२ को नतिजामा कास्यपदक हात पारे । सुबास भन्दा एक स्ट्रोकले पछि परेका बिपिन तामाङ २२३ अंकका साथ चौथो, २२५ अंक जोड्दै सुन्दर राई पाँचौं, २२६ अंकका साथ नवराज थापा छैटौं र २२७ को नतिजाको साथ सुरेश तामाङ सातौं भए ।

अन्तिम दिन ८ स्ट्रोकको अग्रतासहित खेल सुरू गरेका टंकले २ ओभर ७० अंक जोड्ने क्रममा फ्रन्ट नाईन २ ओभर ३६ र ब्याक नाईन ईभन पार ३४ मा पुरा गरे । पहिलो नौ होलको खेलमा पाँचौं र नवौं होलमा बोगी प्रहार गरे । अन्तिम नौ होलमा ११ औं र १८ औं होलको बर्डीका विरूद्ध १३ औं र १६ औं होलमा बोगी प्रहार गरे ।

१ अण्डर ६७ अंक बनाएका शुक्रले चौथो होलमा एक सट बचाउँदा सातौं होलमा बोगी खेपे र फ्रन्ट नाईन ईभन पार ३४ मा सकाए । त्यसपछी १३ औं र १७ औं होलमा बर्डीको सफलता प्राप्त गरे भने अन्तिम होलमा बोगीको सामना गरे ।

यसअघि बिहीबार टंक बहादुर कार्की, सुबाष घिसिङ र सन्दीप तामाङ सम्मिलित मध्यमाञ्चलले स्वर्ण पदक जितेको थियो । २९४ अंक सहित युवराज भुजेल, शुक्र बहादुर राई र सुन्दर राई सम्मिलित निर्भाना कन्ट्री क्लबले रजत तथा बिनोद तामाङ, भरत बास्ताकोटी र नवराज चौलागाईको रोयल नेपाल गल्फ क्लबले ३०४ अंक सहित कास्य पदक हात पारेको थियो ।

विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, कोषाध्यक्ष किशन अग्रवाल लगायतले पुरस्कार वितरण गरे । नेपाल गल्फ संघद्वारा आयोजित तीन दिने प्रतियोगितामा सात टिमका ४० खेलाडीले प्रर्तिस्पर्धा गरेका थिए ।

October 3, 2024

काठमाडौंको जितले मधेश र गण्डकी बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सको तेस्रो जितसँगै मधेश युनाइटेड र गण्डकी थन्डर्स वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को लिग चरणबाटै बाहिरिएका छन् । काठमाडौंले बिहीवार मधेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा मधेश १ खेल र गण्डकी २ खेल बाँकी छँदै लिग चरणबाटै बाहिरिएका हुन् । फाइनल पुग्ने सम्भावना […]

October 3, 2024

महिला टि ट्वान्टी विश्वकप आज सुरु हुँदै

एजेन्सी – नवौं संस्करण महिला टि ट्वान्टी विश्वकप युएईमा आज सुरु हुँदैछ । विश्वकपको पहिलो दिन दुई खेल हुँदैछन् । विश्वकपको पहिलो खेल समूह बी मा रहेको बंगलादेश र स्कल्यान्डबीच खेल हुनेछ । शारजहामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे मा खेल्दैछन् । बिहीवार नै हुने दोस्रो खेलमा समूह ए का पाकिस्तान र श्रीलंकाबीच […]

September 29, 2024

मानबहादुरले अस्ट्रेलियामा हुने रनिङ कप भलिबल खेल्ने

दिल तामाङ , सिड्नी नेपाल राष्ट्रिय पुरुष टोलीका कप्तान मान बहादुर श्रेष्ठले अर्को साता अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने पाँचौं संस्करणको ढोरपाटन रनिङ कप भलिबल २०२४ खेल्ने भएका छन् । ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ असोज २० गते आइतवार (अक्टोवर ६) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । मान बहादुरले […]

Success

Thank you for your time.