7 years ago
December 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ह्वाइट हाउस कलेजले शुभारम्भ स्पोर्टस टुर्सको आयोजनामा भएको अन्तर कलेज खेलकुद प्रतियोगितामा दोहोरो उपाधि रक्षा गरेको छ ।
सोमबार सकिएको खेलमा ह्वाइट हाउसले फुटबल र क्रिकेटतर्फको उपाधि जितेको हो । फुटबलतर्फ फाइनलमा ह्वाइट हाउसले मोडर्न इण्डियन स्कुलाई १–० ले पराजित गर्यो । क्रिकेटमा ह्वाइट हाउसले दिल्ली पब्लिक स्कुल अफ बंगलालदेशलाई ५० रनले पराजित गर्यो ।
प्रतियोगितामा फुटबलतर्फ ह्वाइट हाउसका रिसव कटुवाल, क्रिकेटमा दिल्ली पब्लिक स्कुलका तवाव वल्ला र बास्केटबलमा मोडर्नका पियुष अग्रवाल उत्कृष्ट खेलाडी घोषित भए । चारदिने प्रतियोगितामा विभिन्न ४ स्कुलले सहभागिता जनाएको थिए ।
November 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओमान राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान जिशान मक्शुदलाई कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध गरेको छ । आइतबार कर्णालीले विदेशी खेलाडीका रुपमा मक्शुदलाई टोलीमा अनुबन्ध गराएको सामाजिक संजाल मार्फत सार्वजनिक गरेको छ । विदेशी खेलाडीमा कर्णालीले पाकिस्तानका हुसैन तलत, हङकङका बाबर हायात, वेस्ट इन्डिजका चाडविक वाल्टन तथा […]
November 23, 2024
एजेन्सी – इङ्लिस प्रिमियर लिगमा शनिवार चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ। निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोल चेल्सी विजयी भएको हो। प्रिमियर लिगमा चेल्सीको यो सिजनमा यो छैटौं जित हो। किङ्स पावर स्टेडियममा चेल्सीले सुरुआतदेखि नै घरेलु टाेली लेस्टरमाथि दबदबा कायम राखेको थियो। १५औं मिनेटमै फर्नान्डेजकै क्रसमा ज्याक्सनको गोलमा चेल्सी अग्रता लियो । ७५औं मिनेटमा […]
November 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल २८औं संस्करणको यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य स्वदेश फर्किएका छन्। सदभावलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले तथा संघका पदाधिकारीहरुले स्वागत गरे। नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड फाइनलमा […]