default_image

7 years ago

December 24, 2017

अल नेपाल ओपन स्नुकर च्याम्पियनसिप शनिबारदेखि

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको अल नेपाल ओपन स्नुकर च्याम्पियनसिप अर्काे साताको शनिबारदेखि सुरु हुने भएको छ ।


विलियर्ड स्नुकर एण्ड पुल एसोसिएसन अफ नेपालको आयोजनामा पट ब्ल्यांक स्नुकर क्लबको सहकार्यमा हुने प्रतियोगिता पुस २९ गतेसम्म सानेपास्थित पट ब्ल्यांक स्नुकर क्लबमा हुनेछ । प्रतियोगितामा देश भरीबाट १२८ भन्दा बढी खेलाडीले भाग लिने प्रतियोगिता संयोजक सुरेश डंगोलले जानकारी गराए ।

प्रतियोगिताको विजेताले १ लाख नगदसहित ट्रफि हात पार्ने छ । त्यस्तै, प्रतियोगिताको उपविजेताले ५० हजार नगद हात पार्ने छ । त्यस्तै सेमिफाइनल प्रवेश गर्ने खेलाडिहरुले १५ हजारको दरले नगद पाउने छन् । सर्वाधिक ब्रेकरले पनि १० हजार नगद प्राप्त गर्ने छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.