default_image

7 years ago

December 24, 2017

रोलबल च्याम्पियनसिप अर्काे साता

55 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको दक्षिण एसियाली रोल बल च्याम्पियनसिप अर्काे साता राजधानीमा हुने भएको छ । आयोजक नेपाल रोल बल संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यही पुस १४ र १५ गते हुने जानकारी गराएको हो ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कबर्डहलमा हुनेछ । प्रतियोगितामा आयोजक नेपालसहित दक्षिण एसियाका भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाको सहभागिता पक्का भइसकेको तर भुटान र माल्दिभ्सको भने टुंगो लाग्न बाँकी रहेको संघका अध्यक्ष वीर कृष्ण महर्जनले जानकारी गराए ।

च्याम्पियनसिपमा सार्क राष्ट्रका १८२ खेलाडी र ३० अफिसियल गरी २१२ जनाको उपस्थिति रहने छ । विश्व रोल बल च्याम्पियनसिपमा नेपालले पुरुषतर्फ ४ र महिलातर्फ ३ पटक सहभागिता जनाइसकेको छ । सन् २०१७ मा बंगलादेशमा सम्पन्न चौथो विश्व रोल बल च्याम्पिनसिपमा नेपाल पुरुषतर्फ पाँचौं र महिलातर्फ सातौं स्थान ओगट्न सफल भएको थियो ।

रोल बल च्याम्पियनसिपमा नेपालका लागि पुरुषतर्फ कप्तान मनोज बज्रचार्य हुने छन् । त्यस्तै, अन्य खेलाडीमा सजिव महर्जन, आसय बिसी, अभिषेक मानन्धर, नियोन न्यौपाने, मनिष रेग्मी, विरेन्द्र खतिवडा, सतिश श्रेष्ठ, विशाल सापकोटा, अजय मगर, हुमांसङ गुरूङ र मुनाल भारती रहेका छन् ।

त्यस्तै, महिलातर्फ कप्तान मनिशा थापा, रोश्मा श्रेष्ठ, पासाङ शेर्पा, सुनिता तामाङ, हिशी लामा, दिपुसा केसी, लिजा श्रेष्ठ, आस्था सिंह, मेरिना रेग्मी, अश्मिन लेखक, सुमन्ता खड्का र अक्षता श्रेष्ठ रहेका छन् । प्रतियोगिताको अनुमानित लागत करिब ४२ लाख रहेको संघले जनाएको छ ।

October 3, 2024

काठमाडौंको जितले मधेश र गण्डकी बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सको तेस्रो जितसँगै मधेश युनाइटेड र गण्डकी थन्डर्स वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को लिग चरणबाटै बाहिरिएका छन् । काठमाडौंले बिहीवार मधेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा मधेश १ खेल र गण्डकी २ खेल बाँकी छँदै लिग चरणबाटै बाहिरिएका हुन् । फाइनल पुग्ने सम्भावना […]

October 3, 2024

महिला टि ट्वान्टी विश्वकप आज सुरु हुँदै

एजेन्सी – नवौं संस्करण महिला टि ट्वान्टी विश्वकप युएईमा आज सुरु हुँदैछ । विश्वकपको पहिलो दिन दुई खेल हुँदैछन् । विश्वकपको पहिलो खेल समूह बी मा रहेको बंगलादेश र स्कल्यान्डबीच खेल हुनेछ । शारजहामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे मा खेल्दैछन् । बिहीवार नै हुने दोस्रो खेलमा समूह ए का पाकिस्तान र श्रीलंकाबीच […]

September 29, 2024

मानबहादुरले अस्ट्रेलियामा हुने रनिङ कप भलिबल खेल्ने

दिल तामाङ , सिड्नी नेपाल राष्ट्रिय पुरुष टोलीका कप्तान मान बहादुर श्रेष्ठले अर्को साता अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने पाँचौं संस्करणको ढोरपाटन रनिङ कप भलिबल २०२४ खेल्ने भएका छन् । ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ असोज २० गते आइतवार (अक्टोवर ६) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । मान बहादुरले […]

Success

Thank you for your time.