default_image

9 years ago

December 23, 2015

असेम्स: श्रीलंकालाई जित्नुको अर्थ सेमिफाइनल पुग्ने ९९ प्रतिशत पक्का

177 views

0 Bookmark

नेपालले बुधबार हुने साफ च्याम्पियसिपको पहिलो खेललाई फाइनल सरह महत्व दिएर खेल्ने योजना बनाएको छ । तीन महिना अघिदेखिको तयारीलाई बंगलादेशको विशेष प्रशिक्षण र एक मैत्रीपूर्ण खेलबाट बिट मारेर केराला पुगेको नेपालले श्रीलंकाविरुद्ध खेल्दै बुधबार नवौं साफ च्याम्पियसिपको सुरुआत गर्दैछ ।

Pre match

 

‘भोलीको खेल हाम्रा लागि फाइनल सरह हुनेछ । त्यही अनुसार प्रतियोगितामा हामीले आफ्नो लय बनाउँदै जानुपर्नेछ,’ मंगलबार प्रि म्याच कन्फ्रेन्समा नेपाली टोलीका प्रशिक्षक प्याट्रिक असेम्सले भने, ‘श्रीलंकालाई जित्नुको अर्थ सेमिफाइनल पुग्ने ९९ प्रतिशत पक्का हुनु हो । त्यहाँबाट हामीले आफ्नो यात्रा अघि बढाउनु छ ।’ असेम्सले श्रीलंकाविरुद्ध जित्ने दावी गरिरहँदा नेपाली टोलीमा पछिल्लो दुई वर्षयता गोल गर्न नसकेको यथार्थ पनि सँगै थियो । नेपालका फरवार्ड सामू पहिलो चुनौती नै लामो समयपछि गोलको खाता खोल्नु हुनेछ ।

दुई वर्षअघि घरेलु मैदानमा भएको साफ च्याम्पिनसिपको समुह चरणमा भारतविरुद्ध २–१ को जितमा जुमानू राईले गरेको गोलयता नेपाली टोली गोलको खडेरीबाट गुज्रिइरहेको छ । भारतसँगको साफ च्याम्पियनसिपको त्यो खेलपछि नेपालले १० खेलमा गोल गर्न सकेको छैन । आन्तरिक कारण देखाउँदै पाकिस्तानले नाम फिर्ता लिएपछि समुह ‘ए’ बाट सेमिफाइनल पुग्न केही सहज भएको छ । तर, त्यही समूहमा प्रतियोगिताको बलियो दावेदार आयोजक भारत पनि रहेकाले नेपालका लागि पहिलो खेलको नतिजा नै बढी महत्वपूर्ण हुनेछ । अघिल्लो साफमा हराएपछि त्यसपछिका ४ खेलमा नेपालले भारतलाई हराउन सकेको छैन । समुहबाट दुई टोली सेमिफाइनल पुग्ने भएकाले एउटा ठाँउ भारतको लगभग निश्चित छ । अर्को एक सिटका लागि नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने सम्भावना छ । त्यसैले पनि नेपाली समय अनुसार साझ पौने ७ बजे सुरु हुने पहिलो खेल नेपाल जत्तिकै श्रीलंकालाई पनि महत्वपूर्ण छ ।

पाँच पटक उपाधि जितिसकेको भारतको सामना गर्नुअघि दुवै टोली जित चाहन्छन् । पहिलो खेलको हारले टोलीलाई प्रतियोगिताबाट बाहिर पठाउन सक्छ । पछिल्ला दुई संस्करणमा कडा चुनौतीका बीच सेमिफाइनल पुगेको नेपाल यसपटक आन्तरिक कारणले निकै थिलथिलो अवस्थामा छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष भ्रष्टाचारको अभियोगमा प्रतिबन्धमा छन् भने यसअघि दुई पटक साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्दाका कप्तान सागर थापा अहिले टोलीमा छैनन् । तत्कालिन कप्तान, उपकप्तान सन्दीप राई र रितेश थापा खेल मिलेमतो प्रकरणमा मुछिएपछि एएफसीबाट आजीवन प्रतिवन्ध भोगिरहेका छन् । यीनै आन्तरिक कारणले टोलीले विगतमा जस्तो वैदेशिक प्रशिक्षणको अवसरबाट पनि वञ्चित हुनुप¥यो । तथापी टोलीले अन्तिम समयमा साफको अर्को सहभागी टोली बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्यो । त्यसमा पनि टोली १–० ले निराश हुनुपरेको थियो ।

फुटबलका लागि दक्षिण एसियाको सबभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको तयारी आन्तरिक कारण सोचेअनुरुपको नभएको मात्र होइन टोलीले केरालामा पनि निकै सास्ती बेहोर्नु परेको थियो । बंगलादेशबाट सोमबार केरेला पुगेको नेपाली टोलीले घन्टौं होटलबाहिर विताउनु परेको थियो । अन्य व्यवस्था पनि निकै कमजोर छ । तथापी मंगलबार नेपाली टोलीलाई अर्को होटल सारिएको छ । टोलीले मंगलबार साँझ केही समय अभ्यास पनि गरेको छ ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.