7 years ago
December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मोटर स्पोर्टस क्लबको आयोजना तथा नेपाल अटो मोबाइल एसोसिएसनको सहकार्यमा नेपालमा पहिलोपटक राष्ट्रिय स्तरको भक्सवागन राष्ट्रिय अटो जिमखाना च्याम्पियनसिप हुने भएको छ ।
आयोजकले राजधानीमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरि पहिलो संस्करणको भक्सवागन राष्ट्रिय अटो जिमखाना च्याम्पियन सिप यही पुस १५ गते हुने जानकारी गराएको हो । च्याम्पियनसिप काभ्रेको धुलिखेलस्थित हिमालयन मोटर ल्याण्ड रेसिङ सर्किटमा हुनेछ ।
नेपाल अटोमोबाइल एसोसिएसन अन्तर्गतको मोटर स्पोट्र्स क्लबले पहिलोपटक नेपालमा राष्ट्रिय स्तरको जिमखाना च्याम्पियनसिप गर्न लागेको हो । क्लबले यसअघि रेसमान्डू, रेस नारीलगायतको बाइक रेसिङ प्रतियोगिता गर्दै आएको क्लबका सीताराम न्यौपानेले जानकारी गराए ।
कार रेसको रुपमा रहेको च्याम्पियनसिपमा ६४ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पहिलो चरणमा उच्च अंक जोड्ने १६ खेलाडीले दोस्रो चरणमा स्थान बनाउने छन् । त्यस्तै, दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने ८ खेलाडी फाइनल चरणको लागि छनोट हुने क्लबका अध्यक्ष दीपक कुमार आचार्यले जानकारी दिए ।
सहभागी खेलाडीले डिभाइडर र कोनको सहायताले निर्माण गरिएको ७ सय मिटर लामो रेसिङ कोर्समा आयोजकले बनाएको ढाँचाअनुसार कार कुदाउनुपर्ने हुन्छ । स्पिड, स्किल र दिमाग लगाउनुपर्ने खेल रहेको यो च्याम्पियनसिपमा खेलाडीले एक पटक नक्सा हेरेर सम्झनाकै भरमा कार कुदाउनुपर्ने हुन्छ ।
बाटो बिर्सिएको खण्ड र डिभाइडर छोएको खण्डमा खेलाडीलाई जरिवाना हुनेछ र अंक गुमाउने छ । भक्सवागन गाडीको नेपालमा आधिकारिक बिक्रेता पूजा इन्टरनेसनलको प्रायोजनमा हुन लागेको प्रतियोगिताको बिजेता खेलाडीले अर्को वर्ष इन्डोनेसियामा हुने एसियन अटो जिमखाना च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]