default_image

7 years ago

December 14, 2017

एमालेका अध्यक्ष ओलीलाई खेलाडीको बधाई

54 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खेलाडी र खेल कर्मीले बालकोटस्थित निवासमा बिहीबार भेट गरी बधाइ दिएका छन् ।

मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमाले सबै भन्दा ठूलो पार्टी बनेको थियो । अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना, नेपाल राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका निर्वतमान अध्यक्ष दिपक विष्ट, उपाध्यक्ष दीपक थापा, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानद्वय हरि खड्का र राकेश श्रेष्ठ, नेकपा एमाले खेलकुद विभागका सदस्य मेघराज पौडेल, नेपाल अटोमोबाइल खेलकुद महासंघका महासचिव गोविन्द भट्टराई, खेलाडी संघका महासचिव शिवसुन्दर गोथे, नेपाल रिङ रेस्लिङ संघका अध्यक्ष सुनीता थापा र महासचिव सुवर्ण श्रेष्ठलगायतले भेट गरी ओलीलाई बधाइ दिदैँ आगामी कार्यकालका लागि शुभकामना दिए ।

सो अवसरमा राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक कृष्ण थापा पनि थिए । भेटमा अध्यक्ष ओलीले नेकपा एमालेले सरकार बाहिर हुँदा पनि खेलकुदको विकासमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी र नेपाल खेलकुद महासंघमार्फत काम गर्दै आइरहेको बताउँदै खेल क्षेत्रको विकास प्रति रुची र चासो रहेको धारणा व्यक्त गरे ।

September 27, 2024

पुलिस र स्ट्याग उपाधिका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब र आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग- सिजन २ मा फाइनलमा प्रवेश गरेका छन् । पुलिस फाइनलमा पुगेको दोश्रो पटक हो । गत संस्करणमा स्ट्याग तेश्रो भएको थियो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रवार भएको सेमिफाइनलको पुरुष सिंगल्समा पुलिसका वंश सिंघलले एपिएफका राजीव […]

September 27, 2024

बहराइसँगको‌ हारपछि नेपालको समूह चरणबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यु-२० एसियन कप छनोटमा शुक्रवार नेपाल‌ बहराइनसँग ४-० को फराकिलो अन्तरमा पराजित भएको छ। तेस्रो हारमा नेपालको छनोटको यात्रा समाप्त भएको छ। समुह चरणको अन्तिम खेलमा कमजोर नेपाल विरूद्ध बहराइन खेल अवधिभर नै हाबी रहयो। खेलको २८औं मिनेटमा सामी बासामको फ्रि-किक प्रहार सिधेै गोलमा परिणत भएपछि बहराइनले १-० को अग्रता बनायो। […]

September 25, 2024

बुटवल लुम्बिनी चितवन गोल्डकपको फाइनलमा

सुशील पन्त क्षेत्री, चितवन बुटवल लुम्बिनी एफसी गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा सल्हेस एफसी सिराहालाई २-० ले पराजित गर्दै बुटवल लुम्बिनी उपाधि नजिक पुगेको हो । बुटवलको जितमा आयुष घलानले एक गोल गरे । अर्को एक गोल उसले उपहार पाएको थियो । बुटवलले खेलको ५३ औं […]

Success

Thank you for your time.