9 years ago
December 20, 2015
ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगिता अन्तर्गत आईतवार भएको खेलमा न्युडायमण्ड, नेपाल पुलिस र पश्चिमाञ्चल विजयी भएका छन् ।
नया बसपार्कमा भएको प्रतियोगितामा न्युडायमण्डले एभरेष्ट स्कुललाई २५–१८ २५–९ र २५–१२ को सोझो सेटमा पराजित गरेको छ । यसैगरी अर्को खेलमा नेपाल पुलिस क्लबले धादिङ कलाकारलाई २५–८,२५–१३ र २५–१० को सोझो सेटमा स्तब्ध बनायो । आईतवार भएको अन्तिम खेलमा पश्चिमाञ्चलले नेपाल आर्मीलाई २५–२०, २५–१२ र २५–१० को सोझो सेटमा हरायो ।
प्रतियोगितामा अपराजित रहेको एपिएफले १४ खेलबाट ४२ अंकका साथ शिर्ष स्थानमा कायम रहदा एक खेल बढि खेलेको न्युडायमण्ड ४१ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ । पुलिस विरुद्धको खेलमा पााच सेट खेलेर १ अंक गुमाए पछि न्युडायमण्डको ४१ अंक भएको हो । यसैबीच १४ खेल खेलेर तेस्रो स्थानमा रहेको पुलिसको ३४ अंक रहेको छ । प्रतियोगितामा अब एपिएपले आर्मी, पुलिस र न्युडायमण्डसाग खेल्ने बााकी रहेको छ भने न्युडायमण्डले पुलिस र एपीएफसाग प्रतिस्पर्धा गर्न बााकी रहेको छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]