default_image

9 years ago

December 20, 2015

पदमोदयको अध्यक्षमा रामहरि सेढाई पुनः चयन

129 views

0 Bookmark

भरतपुर पदमोदय युवा क्लब भरतपुर–२७ , पदमपोखरी , पटिहानी , चितवनको दशौ बार्षिक साधारणसभा तथा पाँचौ अधिवेसनले पुनः रामहरि सेढाईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

 

Padhmodaya Youth Club, Chitwan

२०६८ सालदेखि नेतृत्व सम्हाल्दै आएका सेढाई दोस्रोपटक पुन जिम्मेवारी पाएका छन् । क्लबको वरिष्ठ उपाध्यक्षमा सञ्जिव पाण्डे, उपाध्यक्षमा पदम बहादुर पौडेल, सचिवमा कुशल पौडेल , सह–सचिवमा नारायण भट्ट, कोषाध्यक्षमा सृजना गुरुङ चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा चित्र बहादुर गुरुङ , बिकास कार्की , दिपक अधिकारी , दिपक कोईराला , सुमन सापकोटा , सन्तोष श्रेष्ठ , सरोज रेग्मी , सरिता पन्त , अनिसा गुरुङ , सबिना कार्की र बिजय कोईराला पनि चयन भएका छन् यस्तै १० औ वार्षिक साधारणसभाले समाजसेवी विमलसिंह ठकुरीलाई संरक्षकको जिम्मेवारी दिएको छ ।  साधरणसभामा क्लबको प्रतिवेदन रामहरी सेढाई, आर्थीक प्रतिवेदन नारायण भट्टले प्रस्तुत गरेका थिए । साधरणसभामा क्लबलाई आर्थिक तथा अन्य सहयोग गर्ने करिब दुई सय जनालाई सम्मान गरिएको थियो ।

क्लबले शिवरात्रिको अवसर पारेर फागुन २३ गतेदेखि पदमोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्दैछ । भारत, बंगलादेश, भुटान सहित नेपाल प्रहरी क्लब, त्रिभुव आर्मी क्लब, शशस्त्र प्रहरीको एपिएफ क्लब सहभागि हुदैछन् । साधरणसभाको उद्घाटन गर्दै चितवन क्षेत्र नम्बर ४ का सांसद रामकृष्ण घिमिरेले यूवालाई खेलकुदप्रति जागरण ल्याउन क्लबले महत्वपुणै भुमिका खेलेको बताए ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.