default_image

7 years ago

December 3, 2017

विश्व कपमा ‘मिस’ हुने चर्चित अनुहार

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप नजिकिदै गर्दा समर्थकमाँझ उत्साह बढ्दो फुटबलको महाभिडन्त आरम्भ हुन अब मात्र महिना मात्र बाँकी समर्थक आफ्ना स्टार खेलाडी राष्ट्रका लागि खेलेको हेर्न आतुर छन् तर निश्चय पनि धेरै फुटबल प्रेमीले केहि खेलाडीलाई भनेमिसगर्नेछन् उनीहरुको अभावमा यसपटकको रुस विश्वकप केहि खल्लो हुन सक्ने      

आर्टुरो भिडाल

चिलीले विश्व कप छनोट अन्तर्गत अन्तिम तथा निकै महत्वपूर्ण खेलमा ब्राजिलसँग भिड्दै गर्दा बायर्न म्युनिखका मिडफिल्डर भिडाल प्रतिबन्धित थिए अघिल्लो दुई विश्व कपमा भिडालले आकर्षक प्रदर्शन गरेका थिए चिली यसपटक छनोट नहुँदा ३० वर्षीय भिडाललाई उनका समर्थकले रुस विश्वकपमा देख्न पाउँने छैनन्

एलेक्सिस स्यान्चेज 

हाल आर्सनलका भरपर्दा एट्याकर एलेक्सिस स्यान्चेज पनि चिलीले विश्व कपमा स्थान नबनाउँदा यसपटकमिसहुनेछन्। बार्सिलोनाबाट लन्डन पुगेका स्यान्चेज त्यसयता राम्रो फर्ममा छन् आर्सनलको अग्रपङ्क्ति सम्हाल्दै आएका छन् म्यानचेस्टर सिटी अन्य युरोपका ठूला क्लबको नजरमा रहेका स्यान्चेजलाई यसपटक भने चिलीको विङ्गबाट विश्वकपमा खेलेको देख्न पाइने छैन

ग्यारेथ बेल 

Gareth Bale

इन्जुरीको समस्याबाट ग्रसित ग्यारेथ बेलको वेल्सले युरो २०१६ मा राम्रो प्रदर्शन गरेपनि विश्व कप छनोटमा प्लेअफ सम्म पनि स्थान बनाउँन सकेन आयरल्यान्डसँग अंकले पछि पर्दै छनोट हुने सम्भावना गुमाएको वेल्सबाट आरोन रामसे , जो एलेन जस्ता खेलाडी पनि देखा पर्ने छैनन टोटेनह्यामबाट कीर्तिमानी सय मिलियन युरोमा रियल म्याड्रिड पुगेका बेललाई रियलका समर्थक साथै उनका अन्य शुभचिन्तकले पनिमिसगर्नेछन्

आर्जेन रबेन 

Robben

तीन पटक विश्व कपका महत्वपूर्ण खेलाडी आर्जेन रबेनको नेदरल्यान्ड्सको खराब यात्रा जारि रह्यो डचले रुस विश्व कपमा स्थान बनाउन सकेन स्विडेनसँग छनोट चरणमा गोल गर्दै रबेनले होल्याण्डबाट अन्तिम खेल खेले अब रुस विश्व कपमा मात्र हैन उनलाई विश्व कपमा देख्न पाउने सम्भावना सामाप्त भएको रबेनको स्पिड मेहेनत नेदरल्यान्ड्सले अवश्यमिसगर्नेछ

जियानलुइगी बुफोन 

विश्व कप पछि ग्लोभ्स बिसाउने निर्णय सार्वजनिक गरेका इटालीका गोलकिपरको अन्तिम विश्व कपमा सहभागी रहने सपना अधुरै रह्यो ३९ वर्षीय बुफोनले स्विडेनसँग प्ले अफमा भोगेको पराजयपछि सन्यासको घोषणा गरे इटालीबाट पाँच पटक (११९८ , २००२ , २००६ , २०१० , २०१४) विश्व कपमा सहभागी भएका बुफोनलाई यसपटक भने देख्न पाइने  छैन

एजेन्सीको सहयोगमा 

September 29, 2024

मानबहादुरले अस्ट्रेलियामा हुने रनिङ कप भलिबल खेल्ने

दिल तामाङ , सिड्नी नेपाल राष्ट्रिय पुरुष टोलीका कप्तान मान बहादुर श्रेष्ठले अर्को साता अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने पाँचौं संस्करणको ढोरपाटन रनिङ कप भलिबल २०२४ खेल्ने भएका छन् । ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ असोज २० गते आइतवार (अक्टोवर ६) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । मान बहादुरले […]

September 29, 2024

यी विदेशी खेलाडीले खेल्नेछन् एभरेष्ट महिला भलिबल लिग

दिल तामाङ नेपाली भलिबल इतिहासमै खेलाडी वर्गिकरणसहित पहिलोपटक हुन लागेको फ्रेन्चाइज लिग भलिबल वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ । इन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको योे फ्रेन्चाइज लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा असोज १९ गतेसम्म चल्नेछ । इडब्लुभिएलमा टोली मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी […]

September 28, 2024

सोमपालले एकै ओभरमा २ विकेट लिए

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीले एकै ओभरमा २ महत्वपुर्ण विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा सोमपालले आफ्नो पहिलो ओभरमा नै दुई विकेट लिएका हुन् । आफ्नो पहिलो ओभरको तेस्रो बलमा नवनित धालीवाल र अन्तिम बलमा दिलप्रित बाज्वालाई आउट गराए । त्यसअघि अर्का तीव्रगतीका बलर रिजन ढकालले टि […]

Success

Thank you for your time.