default_image

7 years ago

November 20, 2017

ललितपुर पेट्रियट्स र वाटर एड बीच सम्झौता

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभेरेष्ट प्रिमियर लिग (इपिएल) टोली ललितपुर पेट्रियट्स र गैर सरकारी संस्था वाटर एडबीच सम्झौता भएको छ

राजधानीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै ललितपुर पेट्रियट्सले वाटर एडसँग ‘पिरियड पावर’ नामक क्याम्पेनका लागि सम्झौता गरेको हो ।

यस क्याम्पेनले खेलकुद टिम र खेलाडीमार्फत ठुलो सङ्ख्यामा जनमानस समक्ष रजस्वला र यससँग सम्बन्धित अन्धविश्वासविरुद्ध आवश्यक सावधानीको बारेमा जनचेतना फैलाउन टेवा पुग्ने विश्वास लिएको छ ।

वाटर एड पानीको अभाव, आवश्यकता र स्वच्छतासम्बन्धी काम गर्ने गैर सरकारी संस्था हो । यो संस्थाले सन् १९८७ देखि नेपालमा काम गर्दै आइरहेको छ ।

कार्यक्रममा ललितपुर पेट्रियट्सका मालिक किशोर महर्जन र वाटर एडका प्रमुख त्रिप्ति राई, शिखा श्रेष्ठ र शिवानी चेम्जोङकबो सहभागिता रहेको थियो ।

January 17, 2025

एन्फा यु १६ लिग – चर्च ब्वाइज र एपिएफको जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एपिएफ क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको पहिलो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई ४-१ ले हराएको हो। दोस्रो खेलमा एपिएफले एफसी खुमलटारलाई ३-० ले पराजित गरेको हो ।

January 16, 2025

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

काठमाडौं (हाम्रो खेलकुद)- कर्णालीमा चैतमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको १ सय १९ औं बोर्डले दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको राखेपले जनाएको छ। सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बसेको बैठकले लोगो र मस्कट […]

January 14, 2025

बिबिसीलाई भेट्रान फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]

Success

Thank you for your time.