7 years ago
November 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अब राजधानीमै साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु भएको छ । काठमाडौंको जहरसिंह पौवामा शंखरापुर प्याराग्लाइडिङ प्रालिले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी व्यावसायिक रुपमा उडान सुरु गरेको जानकारी दिएको हो ।
जहरसिंह पौवाबाट विभिन्न हिमाली शृंखलाका साथै काठमाडौं र भक्तपुर सहर तथा मेलम्चीको समेत दृष्यावलोकन गर्न मिल्ने गरी साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु भएको शंखरापुर प्याराग्लाइडिङ प्रालिका प्रवन्ध निर्देशक कुशल थापाले बताए । २०७० सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्यन प्राधिकरण तथा स्थानीय प्रशासनको अनुमतिमा सोलो तथा २०७१ बाट व्यावसायिक टेन्डम उडान सुरु गरेको प्रालिले जानकारी दिएको हो ।
४ वर्षसम्म खेलकुदका उडान गरी परीक्षण गरेको र अहिले पूर्ण रुपमा व्यवसायिक उडान शुरु भएको प्रालिका प्रबन्ध निर्देशक थापाले जानकारी गराए । समुन्द्र सतहबाट १ हजार ९ सय ५ मिटरको उचाइमा रहेको जरसिंह पौवाबाट टेकअफ गरेपछि करिब ३० मिनेटको उडानपछि शंखरापुरमा नगरपालिकाको पटापमा ल्याण्ड हुनेछ ।
अहिले शंखरापुर प्याराग्लाइडिङ प्रालि नेपालमा १२ जना सोलो र ४ जना व्यावसायिक टेन्डम पाइलट रहेको प्रालिका प्रबन्ध निर्देशक थापाले बताए । विदेशीका लागि एक जनाको १ सय अमेरिकी डलर र नेपालीका लागि ५ हजार ५ सय रुपैयाँ शुल्क राखिएको बताइएको छ ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]