default_image

9 years ago

December 17, 2015

अनुभव बटुल्न साफ पूर्व बाङ्गलदेशको सामना

157 views

0 Bookmark

ओजेम्सको आगमन संगै नेपाली फुट्बल टोलीमा विशाल परिवर्तन आएको छ । सागर थापा, सन्दिप राइ र रितेश थापा फिक्सिङ मामलामा परेर प्रतिबन्ध हुनु , भोला सिल्वाल, भरत खवास जस्ता अनुभभी खेलाडी चोटका कारण खेल्न नपाउनु र जुमानु राइ, सन्तोश साहुखल र राजु तमाङ टोलिमा नअटाउनु  ,जसका कारण अमृत चौधरी , रञ्‍जित धिमाल, आदित्य चौधरी, हेमन गुरुङ, योगेश गुरुङ, नविन लामा , नवयुग श्रेष्ठ जस्ता नयाँ अनुहार ले मौका पाउने छन ।

Nepal vs Bangladesh

यि मद्धे नबिन , अमृत , हेमन र योगेशले मौका पाए पहिलो पल्ट आफ्नो देशको लागी प्रतिस्पर्धी खेलमा देखा पर्ने छन  ।

करिब  २ महिना भन्दा लामो प्रशिक्षणमा नेपाली टोलीले ओजेम्सबाट नयाँ रणनीति र तरिका हरु त सिके तर प्रशिक्षण मैदानको त्यस रणनीति लाई वास्तविकतामा उतार्न भने पाएका छैनन  ।

ढिलै भए पनि बंगलादेश बिरुद्धको यस खेलले खेलाडी हरुलाई थोरै भए पनि खेल मैदानमा एक आपसलाइ बुज्न र मैदानमा सेट हुन केहि मौका पाउने छन् ।

साफको सहभागी भएकै नाताले पनि बंगलादेश बिरुद्धको खेल नतिजा र प्रदर्शनले नेपाल बाटके आशा गर्न सकिन्छ भनेर अनुमान लगाउन सकिन्छ  ।

फर्म र हेड टु हेड

करी २० खेलमा भिडेको नेपाल र बंगलादेश को खेल हरुमा अधिकतम खेल नेपालले जितेको छ . ५ खेल बंगलादेशले जितेको छ , २ खेल बरबारी मा समाप्त भएको छ भने १३ खेल नेपालले जितेको छ ।

तर हालको फर्म हेर्ने हो भने नेपालले अघिल्लो साफमा भरात बिरुद्ध गरेको गोल नै नेपालकोलागि पछिल्लो गोल हो  । बंगलादेशले भने अष्ट्रेलिया जस्तो कठिन प्रतिद्वन्द्वीको सामाना गर्दै आफ्नो खेल निखार्दै आएको छ ।

२०१५ मा १० खेल खेली सकेको बंगलादेशको टोलिमा अनुभवको पक्कै पनि कुनै कमि छैन भने नया अनुहारको साथमा उत्रने नेपाली टोलिमा एक्ष्पोजरको कमि छ । त्यसैले पनि यो खेललाइ जितको निम्ति भन्दा पनि अनुभवको निम्ति खेल्न जरुरि छ ।

खेल समय

यो मैत्रीपूर्ण खेल बंगलादेश समय अनुशर ठिक ५ बजे खेलिने छ जुन नेपाली समय ४:४५ मा सुरु हुने छ ।

May 13, 2025

राष्ट्रिय कराते टोलीलाई ट्रयाक सुट वितरण

काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपका सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक,अफिसियललाई ट्रयाक सुट र क्याप विरतरण गरिएको छ । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा तथा महासंघका कोषाध्यक्ष एवंम टोलीका व्यवस्थापक किशोर भट्टराईले आज खेलाडीलाई ट्रयाक सुट र क्याप वितरण गरे। ट्रयाक सुट र क्याप कोषाध्यक्ष भट्टराईले उपलब्ध […]

May 11, 2025

अस्ट्रेलियामा पूर्व कराते खेलाडीको एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]

May 6, 2025

पाँचथरमा एन्फा रेफ्रिङ कोर्ष सुरु

दिपक बोहोरा, पाँचथर पाँचथर सदरमुकाम फिदिममा कोशी प्रदेश स्तरीय एन्फा आधारभुत रेफ्रिङ कोर्ष सुरु भएको छ । पाँचथर जिल्ला फुटबल संघ ले फुटबल खेलमा रेफ्रीको भूमिकालाई मध्यनजर राख्दै मंगलबारबाट रेफ्रिङ कोर्षको आयोजना गरेको हो । आगामी बैशाख ३० गतेसम्म सन्चालन हुने कोर्षमा कोशी प्रदेशका बिभिन्न जिल्लाका कुल ४३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । जसमा […]

Success

Thank you for your time.