9 years ago
December 16, 2015
सेप्टेम्बरको पहिलो तारिखदेखि करार सुरु भएपनि अगष्टको अन्तिम सातामा भारत र नेपाल बिचको खेल हेर्न ओजेम्स पुने पुगेका थिए| नेपाल फर्केलगत्तै उनले लिगको सबै खेल हेरे र लिगकै प्रदर्शनलाई आधार मानेर राष्ट्रिय टोलीको प्रारम्भिक छनोट गरे । ४१ जनाको छनोट भएपनि सागर थापा र सन्दिप राई खेल मिलेमतोको आरोपमा समातिए र ३९ खेलाडी सम्मिलित प्रशिक्षण सुरु भयो ।
करिब तिन हप्ताको नियमित प्रसिक्षण सकिए लगत्तै ओजेम्सले प्रशिक्षणलाई २७ खेलाडीमा झारे । यसरी टोलीसंग हरसमय साथ रहेका ओजेम्सले आफ्नो सहयोगीका रुपमा ठुलै प्रशिक्षक टोली बनाए । सल्लाहकारक रुपमा पुर्व प्रशिक्षक ध्रुब केसी राखेका उनले साफ विजेता यु-१९ टोलीका प्रशिक्षक बालगोपाल महर्जन र यु-१६का प्रशिक्षक उपेन्द्र मान् सिंहलाई पनि समावेश गरे । यस अगावै राष्ट्रिय टोलीका सहायक प्रशिक्षक रहिआएका हरि खड्का त टोलीमा छदै थिए । प्रशिक्षणको प्रारम्भिक चरणमा महिला टोलीका प्रमुख प्रशिक्षक कुमार कट्टेल साथमा भएपनि, केहि हप्ता पछि उनि टोलीमा थिएनन् ।
२७ खेलाडीमा झारिए संगै नेपाली टोलीको नयाँ अनुहार कल्पना गर्न सकिने भैसकेको थियो| प्रशिक्षणकै दौरान स्टार फरवार्ड भारत खवास, मिडफिल्डर शिव श्रेष्ठ र उदयमान डिफेन्डर देवेन्द्र तामाङ्ग घाइते हुन पुगे । चोटका कारण साफनै गुमाउने पक्का भएपछि ओजेम्सको छनोट २४ खेलाडी बाट २० पार्नु थियो| यस दौरान नेपाली टोलीले आर्मी संग चार र नेपाल प्रहरी संग दुइ गरेर छ खेल खेल्यो| पांच जित र एक बराबरी गरेको नेपालले यस दौरान २७ गोल गर्न सफल रह्यो भने नवयुग श्रेष्ठ निकै राम्रो फर्ममा रहे । मिडफिल्ड र फरवार्डको प्रदर्शन एकदम उत्कृष्ट थियो भने डिफेन्सको प्रदर्शन सन्तोषजनक मात्र रह्यो । ओजेम्सको भनाइ अनुसार त कुनै पनि खेलमा डिफेन्सलाइ खासै धेरै गार्हो भएन|
बंगलादेशमा मैत्रीपूर्ण खेल खेल्ने तय भएसंगै ओजेम्सले २० खेलाडीको नाम निष्कासन गरेका छन् । नेपाल र बंगलादेश बीच बिहिबार खेल खेल्ने कार्यक्रम रहेको छ भने टोली आइतबार मात्र भारत प्रस्थान गर्नेछ । युवा टोली भएको अवस्थामा विदेशी टोलीसंग खेल कमी भएको ओजेम्सआफैले स्वीकारेका छन् तर टोलीको प्रशिक्षण उत्कृष्ट रहेको र आफु विश्वोश्त रहेको उनले प्रष्ट्याए ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]