7 years ago
September 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई हराएसँगै उपाधि दौड चार टोलीबीच खुला भएको छ । माल्दिभ्स चारै खेलमा पराजित भएर बाहिरिएपछि बुधबार अन्तिम दिनमा भारत र नेपाल तथा आयोजक भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
दुई समूहमा खेलाइने भने पनि श्रीलंकाले प्रतियोगिताबाट बाहिरिएपछि प्रतियोगिता राउन्ड रबिनका आधारमा खेलाइएको हो । समूहमा हरेक टोलीले अन्य सबैसँग खेलेपछि अंक तालिकाको शीर्षस्थानमा रहने टोलीले प्रतियोगिताको उपाधि जित्नेछ ।
प्रतियोगिताको अन्तिम दिन पहिलो खेलमा बंगलादेश र घरेलु टोली भुटान भिड्ने छन् भने दोस्रो खेलमा नेपालले भारतको सामना गर्दैछ ।
बंगलादेश ४-३ भारत
भुटान १-० नेपाल
भारत ३-० भुटान
बंगलादेश १-२ नेपाल
नेपालको सम्भावना कस्तो ?
साविक विजेता नेपालले प्रतियोगितामा आयोजक भुटानसँग पहिलो खेलमा पराजय भोगेको थियो । अन्य खेलमा माल्दिभ्सलाई २-० र बंगलादेशलाई २-१ ले हरापछि नेपालले ६ अंक छ । त्यस्तै भारत , बंगलादेश र भुटानको पनि समान ६ अंक छ । भारतको गोल अन्तर +३ को छ भने नेपाल र बंगलादेशको समान +२ छ ।
त्यस्तै भुटानको भने -१ को गोल अन्तर छ । प्रतियोगितामा सर्वाधिक अंक बटुल्ने टोली शीर्षस्थानमा रहनेछ। दुई टोलीको समान अंक भएमा ‘हेड टु हेड’ को आधारमा विजेता छानिने छ भने दुई भन्दा बढी टोलीको अंक समान भएमामा उनीहरु बीचको खेलको गोल अन्तर हेरिनेछ ।
तसर्थ नेपालले भारतलाई हराएर अर्को खेलमा बंगलादेश भुटानसँग विजयी भएमा नेपाल र बंगलादेशको समान ९ अंक हुनेछ । अन्तत नेपालले बंगलादेशलाई पराजित गरेकाले नेपाल ‘हेड टु हेड’ को आधारमा अंक तालिकाको शिर्षमा रहँदै उपाधि जित्ने छ । तर भुटानले बंगलादेशलाई पराजित गरे नेपाल ‘हेड टु हेड’ मा भुटान भन्दा पछि पर्ने छ ।
अन्तिम खेलमा बराबरी गरेमा नेपालको उपाधि जित्ने सम्भावना छैन ।
अन्य टोलीको सम्भावना कस्तो ?
बंगलादेश : बंगलादेशले भुटानलाई जितेर भारतले नेपाललाई हराएमा बंगलादेशले उपाधि जित्नेछ । बंगलादेशले जित्दै अर्को खेलमा बराबरी भएपनि बंगलादेश शिर्षस्थानमा रहने छ ।
भुटान : भुटानले बंगलादेशलाई पराजित गर्दै नेपालले भारतलाई हराउनु पर्ने अथवा नेपाल र भारतबीच बराबरी हुनु पर्ने ।
भारत : भारतले नेपाललाई हराउनु पर्ने र भुटानले बंगलादेशलाई हराउनु पर्ने अथवा पहिलो खेलमा भुटान र बंगलादेशबीच बराबरी भएको हुनु पर्ने ।
सबै टोली बराबरीमा रहे ?
अन्तिम दिनको दुवै खेल बराबरी भएमा नेपाल , भारत , भुटान र बंगलादेशबीच समान ७ अंक हुनेछ र यी ४ टोलीबीचको गोल अन्तर हेरिनेछ । नेपालको ० गोल अन्तर , बंगलादेशको +१ , भुटानको -२ र भारतको +२ अन्तर हुने भएकोले भारतले उपाधि जित्ने छ । नेपाल तेस्रो स्थानमा अन्त्य गर्नेछ । यद्दपी उपाधि जित्नक लागि नेपाललाई जित्नै पर्ने दबाब हुनेछ ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]