7 years ago
September 15, 2017
काठमाडौं– यो साता नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा मनिता श्रेष्ठ प्रधान वर्षको उत्कृष्ट खेलाडी युवाको विजेता बनेकी थिइन् । झन्डै दुई बर्षअघि १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेकी मनिताले गत वर्ष १० औं क्याडेड एसियन जुडो च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् ।
मनिताको सफलता यति मात्र सिमित छैन । उनले देश भित्र थुप्रै पदक जितेकी छिन् । जुडो खेलले उनको चर्चा पनि चुलिएको छ । तर, अहिले जति सफल उनको खेल जीवन देखिएको छ । खासमा उनको पृष्ठभूमी र आफ्नै कथाव्यथा छन् । ८ वर्षको उमेरमा उनी आफ्नो जन्मथलो पाँचथरको तिल्किनीबाट बालाजुको बन्दी सहायता निगोग (पाम) मा पुगिन् । बन्दी बाबु आमाका सन्तानको लालनपालन र शिक्षा दिने उद्देश्यले स्थापना गरिएको पामको शरणमा अन्य बालबालिका जस्तै मनिता पनि पुगेकी थिइन् । अहिले २८ बाल बालिका त्यहाँ आश्रय लिइरहेका छन् ।
पामका सबै बालबालिका नजिकको बाल विकासमा अध्ययन गर्दछन् । मनिता त्यहि कक्षा १० मा अध्ययन गछिन् । आमाबाबुको सहारा विना पाममा हुर्केकी उनलाई त्यहि आफ्नो घर लाग्छ । उनको भविष्यको योजना पनि पामकै लागि केही गर्नेछ । उनि आफ्नो बाबु आमाले छाडेर गएपछि पाम पुग्नुलाई उनी आफु भाग्यशाली भएको ठान्छिन् । आफु जस्तै पीडामा परेका बालबालिका लागि सहयोग गर्नुपर्दछ भन्ने भावना सायद उनलाई त्यहिको वातावरणले दियो ।
समाजमा एउटाले अर्काप्रति सहयोग भाव नराख्ने हो भने कतिले आफ्नो न अध्ययनलाई अघि बढाउन सक्छन् र न त खेल क्षेत्रमा केही प्रगति गर्न सक्दछन् । आश्रय र बाबु आमाको माया सानै उमेरमा खोसिनु पीडा मनिता र त्यहाँ रहेका बालबालिकालाई भन्दा बढी अरु कसलाई थाहा होला । तर, पामले बालबालिकाको शिक्षा र लालनपालनमा मात्र आफुलाई समित राखेन । जुडो खेलमार्फत नेपाली खेल क्षेत्रमा पनि सहयोग गर्ने उठोट गर्नुले मनिता जस्ता खेलाडी तयार भएका छन् ।
जसले देशकै शान अन्तर्राष्ट्रिय क्षेत्रमा उचो बनाएका छन् । त्यसैले पनि मनिता वर्षको उत्कृष्ट युवा खेलाडी चुनिएकै अवार्डमा पामले स्पेशल अवार्ड पाएको थियो । एकै थलोमा मनिता र मनिता जस्तालाई बाटो देखाउने पाम सम्मानित हुने संंयोग जुरेको हुनुपर्दछ । तिनै मनितासँग हाम्रो खेलकुद डट कमका लागि दिपेश तिमलसिनाले गरेको १२–२७ कुरा ।
तस्विरहरु:विवेक सुवेदी/हाम्रोखेलकुद
१. कहिलेबाट खेल्न सुरु गर्नु भयो ?
– मैले ९ बर्षको हुँदा पाममै पहिलोपटक खेलेकी हुँ।
२. पटक पदक जित्दा कस्तो महसुस भयो ?
– त्रियोग स्कुलमा भएको पहिलो प्रतियोगितानै जित्न सफल भएको थिए । प्रतियोगितामा सफलता प्राप्त गरेपछि थप मेहेनेत गरे भने धेरै माथि पुग्न सकिन्छ भन्ने भयो ।
३. जुडोमा कसरी लाग्नु भयो ?
– हामी सुरुमा पाममा निकै चकचके र बदमास थियौ । एकदिन हाम्रो पामका संचालक नारायणकाजी (श्रेष्ठ) सरले बच्चाहरुलाई अनुशासनमा राख्न कुनै खेलकुदमा बाध्न पर्छ भनेपछि पाममानै सुरु गर्यौं ।
४. कुन फोन चलाउनु हुन्छ र फोन किन्दाको मूल्य ?
– हामीलाई पाममा हुँदा सम्म फोन चलाउने अनुमति छैन। म फोन नै बोक्दिन ।
५. कुन स्कुटी चढ्नु हुन्छ र मूल्य ?
– केही छैन । स्कुटी चढ्ने अलि बेला भैसकेको छैन कि ?
६.वार्षिक कति कमाउनु हुन्छ ?
– .वार्षिक कति कमाउनु हुन्छ ? –नियमित आम्दानीको स्रोत नै छैन । जितेको पैसाहरु सिधै बैंकमा जम्मा गर्छु कती छ गनेको छैन ।
७. खेलाडी नबनेको भए के गर्नु हुन्थ्यो होला ?
– बल्ल त पढ्दै छु, पछि गएर चै शिक्षिका हुने रहर छ र खेल जीवनलाई निरन्तरता दिने सोच छ।
८. शैक्षिक योग्यता कति छ ?
– कक्षा १० मा अध्यनरत छु।
९. कस्तो फिल्म हेर्नुहुन्छ र पछिल्लो पटक हरेको फिल्म ?
– हिन्दी, नेपाली र खेलकुदको फिल्म हेर्छु । पछिल्लोपटक हेरेको आर्यन सिग्देलको क्लासिक ।
१०.सबैभन्दा मन पर्ने नायक र नायिका ?
– आर्यन सिग्देल र प्रिति जिन्टा।
११. सबैभन्दा मन पर्ने गायक र गायिका ?
– नेहा कक्कर, गायकमा त ख्याल नै छैन।
१२. अहिलेको दिनहरुमा सबैभन्दा धेरै पटक सुनेको गीत ?
– म गीतनै सुन्दिन।
१३. सिंगल हुनुहुन्छ ?
– बेला भैसकेको छैन।
१४.किताब कतिको पढ्नु हुन्छ ? पछिल्लो पटक पढेको किताब ?
– अ फुर्सदको बेलामा पढ्छु । पछिल्लो पटक पढेको ह्यारी पोर्टर सिरिज।
१५.अहिलेसम्म कति देश पुग्नु भयो ? सबैभन्दा पुग्न इच्छा भएको देश ?
– ७-८ ओटा भयो। सबैभन्दा मन परेको हङकङ।
१६. नेपालमा सबैभन्दा मनपर्ने ठाउँ ?
– मुस्तांग, सुनेकै भरमा मनपर्छ। एकदम जान मन छ। छिट्टै पुग्छु अब फुर्सद भएपछि।
१७. सबैभन्दा मनपर्ने खानेकुरा ?
– दालभात तरकारी।
१८. खाना बनाउनु हुन्छ ? आफैले पकाएको सबैभन्दा मिठो के लाग्छ ?
– आफै पकाउंदिन नियमित त। सघाउन नै जान्छु पाममै। मैले एकपटक आलु फ्राई गर्दा सबैलाई मन परेको थियो।
१९. सामाजिक सञ्जाल कतिको चलाउनु हुन्छ र प्रेम प्रस्ताव कतिको आउँछ ?
– फेसबुक बनाएको त छु तर खासै प्रयोग गर्दिन । प्रेमप्रस्ताव आउन म नयाँ मान्छेहरुको संगत गर्दिन अनि मेरो उमेर बेला पनि भैसकेको छैन नी ।
२०. पहिलो कमाई के गर्नु भयो ?
– पहिलो कमाई कति थियो चाहिँ बिर्सिए । तर जम्मा गरेर राखेको छु भन्ने चाहिँ याद छ ।
२१. खेल जीवनमा सबैभन्दा खुसी भएको क्षण ?
– हङकङमा भएको एसियन जुडो च्याम्पियनसिपमा एक बाउट मात्र जित्न सकेपनि निकै खुसी लागेको थियो । सन् १९९८ देखि कुनैपनि नेपाली खेलाडीले एसियन जुडो च्याम्पियनसिपमा बाउट जितेको पहिलोपटक रहेछ । सबै जना खुसी हुनु भयो र निकै तारिफ र हौसला प्रदान गर्नु भएको थियो । निकै खुसी भएको थिए ।
२२. फुर्सदको समयमा के गर्नु हुन्छ ?
– फुर्सद पाउने शनिबार मात्र हो । त्यो दिन म लाईब्रेरीमा किताब पढेर बिताउँछु ।
२३. आफुले चाहेर पनि गर्न नसकेको काम ?
– त्यस्तो केहि छैन अहिलेसम्म।
२४.राष्ट्रिय टोलीमा सबैभन्दा मिल्ने साथी र आशालाग्दो खेलाडी ?
– फुपु ल्हामु खत्री दिदी । माथि आउन सक्ने देवकी माया श्रेष्ठ । उनी बल्ल १५ वर्षकी भइन् । पछि निकै राम्रो गर्न सक्छिन् ।
२५.मनपर्ने अन्तराष्ट्रिय जुडो खेलाडी ?
– सोहोयु ओनु, जापानिज जुडो खेलाडी।
२६. तपाईको नजरमा जुडो खेलको विकास कसरी होला ?
– मैले धेरै वर्षबाट जुडो त देखेको छैन तर खेलाडीहरुले नियमित राम्रो प्रशिक्षण पाउनु पर्यो । निकै छोटो समयको लागि मात्र बाहिर पठाइन्छ ट्रेनिङको लागि त्यसलाई लामो बनाउन पर्यो । त्यसो गर्दा हामी अझै धेरै सिकेर अगाडी बढ्न सक्छौ ।
२७.आफ्ना शुभेच्छुकहरुलाई के भन्न चाहनुहुन्छ ?
–मलाई यहाँ सम्म पुराउन धेरै सहयोगी हातहरु छन्, सबैजना लाई धन्यवाद । विशेष त पामलाई धन्यवाद ।
December 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेस्रो दिन सोमवार पनि ७ वटा खेल भएका छन् । आज थानकोट वारियर्स, स्मार्ट ए केयर मिडिया, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र मिक्समान्डु विजयी भएका छन्। पहिलो खेलमा समुह डी अन्तर्गत थानकोट वारियर्सले सानो स्वर्ग नेपाललाई ३ विकेटले […]
December 29, 2024
दिल तामाङ, सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको नेपाली समूदायबिचको आँठौैं महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । राजेन्द्रले आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । फाइनलमा उनकै उच्च प्रदर्शनमा ढोरपाटनले गल्कोट समाजलाई […]
December 29, 2024
दिल तामाङ, सिड्नी ढोरपाटन क्लब अस्ट्रेलिया र म्याग्दी काली युनाइटेडले नेपाली समूदायबिचको आठौं संस्करणको महिला र पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेका छन् । ढोरपाटन पुरुषतर्फ र म्याग्दी काली महिलातर्फ च्याम्पियन बनेको हो । दुई महिनाअघि भएको च्याम्पियनसिपमा पनि यि दुई टोली नै च्याम्पियन बनेका थिए । यि दुई टोलीले यसपटक पनि आफ्नो विरासतलाई कायम राख्न […]