default_image

8 years ago

September 13, 2017

साफ यू–१८ च्याम्पियनसिपको खेल तालिका परिवर्तन,नेपालको पहिलो खेल भुटानसँग

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा आयोजना हुन लागेको साफ यू–१८ फुटबल च्याम्पियनसिपबाट श्रीलंकाले आफ्नो नाम फिर्ता लिएपछि खेल तालिकामा परिवर्तन भएको छ । श्रीलंकाले नाम फिर्ता लिएसँगै अब साफ यू–१८ च्याम्पियनसिपको खेल राउण्ड रोविनको आधारमा हुनेछ ।

तस्बिर: एन्फा

दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले बुधबार सार्वजनिक गरेको नयाँ खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेलमा असोज ४ गते आयोजक भुटानको सामना गर्नेछ । यस्तै दोस्रो खेलमा असोज ६ गते माल्दिभ्स, असोज ९ गते बंगलादेश र असोज ११ गते भारतको सामना गर्नेछ । प्रतियोगितामा पाकिस्तानले यसअघि नै नखेल्ने बताएको थियो ।

प्रतियोगितामा सहभागी सबै टोलीले एकअर्कासँग खेल्नेछ भने लिगको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । अंकको आधारमा दोस्रो र तेस्रो हुनेछ । प्रतियोगिताको सबै खेल थिम्पुस्थित च्यामलिमिमथाम रंगशालामा हुनेछ । भुटानमा हुन लागेको साफ यू–१८ च्याम्पियनसिप साफ यू–१९ को दोस्रो संस्करण हो । पहिलो संस्करण नेपालमै भएको थियो ।

जसमा घरेलु टोली नेपालले छिमेकी मुलुक भारतलाई पराजित गर्दै उपाधि जितेको थियो । एएफसी ले यू–१९ च्याम्पियनसिपको आयोजना गर्ने भएपछि त्यसैको तयारी स्वरुप साफले यू–१८ फुटबल च्याम्पियनसिपको आयोजना गरेको हो । एफसी यू–१९ फुटबल च्याम्पियनसिपको छनोट खेल अक्टोबरमा किर्गिस्तानमा आयोजना हुदैछ । अखिल नेपाल फुटबल संघ (एन्फ)ले आजै मात्र साफ यू–१८ फुटबल च्याम्पियनसिपको लागि २३ सदस्यीय खेलाडीको टोली घोषणा गरेको छ ।

 

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.