8 years ago
September 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा आज ताजिकिस्तानको सामना गर्दै छ । पछिल्लो खेल प्रतिबन्धमा रहेका मिडफिल्डर विक्रम लामाले आज पहिलो रोजाइमा पर्ने सम्भावना छ ।
चैतमा फिलिपिन्ससँग ४–१ को हारमा रातो कार्ड पाएका विक्रम यमनसँगको खेलमा प्रतिबन्धमा थिए । हिजो पत्रकार सम्मेलनमा पनि प्रशिक्षक ग्यातोकु कोजीको विक्रमले पहिलो रोजाइमा पुनरागमन गर्ने संकेत गरिसकेका छन् । त्यस्तै मेनिस्कसको शल्यक्रिया गरेपछि केहि समय मैदान बाहिर रहेका आदित्य चौधरी टोली फर्केका छन् । यद्दपी उनी पहिलो रोजाइमा पर्ने सम्भावना भने कम छ ।
जेठमा यमनसँगको खेलमा ७३ औं मिनेटमा चोट लागेपछि आदित्यले त्यसयता यू २३ च्याम्पियनसिप र नेपाली टोलीसँगको जापान भ्रमण गुमाएका थिए । प्रशिक्षक कोजीले रक्षापक्क्तिमा अनन्त तामाङको साथमा देवेन्द्र तामाङलाई खेलाउने सम्भावना छ । मिडफिल्डमा यमनसँग सुरुआत गरेका विशाल राईको ठाँउमा विक्रम खेल्न सक्छन् ।
फरवार्ड लाइनमा अघिल्लो खेलमा भारत खवास र नवयुग श्रेष्ठलाई खेलेपनि यसपटक भरतको ठाँउ विमल घर्तीमगरले लिने सम्भावना छ । जापान भ्रमणका दौरान नेपालले कान्साइ गाकुइन विश्वविद्यालयको टोलीलाई २–१ ले हराउँदा विमलले टोलीका लागि पहिलो गोल गरेका थिए ।
पहिलो पटक राष्ट्रिय टोलीमा समेटिएका स्ट्राइकर जर्ज प्रिन्स कार्कीले आज ‘डेब्यू’ गर्ने सम्भावना पनि छ । प्रशिक्षक कोजीले उनको ‘डेब्यू’ सम्भावना रहेको बताएका थिए । तर, खेलको अवस्था अनुसार जर्जले मौका पाउने नपाउने हुन सक्दछ ।
सम्भावित सुरुवाती ११
गोलकिपर –किरण चेम्जोङ
रक्षक – कमल श्रेष्ठ,अनन्त तामाङ,देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान)
मिडफिल्ड – अन्जन बिष्ट, रोहित चन्द, विक्रम लामा, सुजल श्रेष्ठ
फरवार्ड – नवयुग श्रेष्ठ, विमल घर्ति मगर
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]