9 years ago
November 30, 2015
काठमाडौ १४ मंसिर ।
नेपाल रग्वी सघंको आयोजनामा भएको पुरुष रग्वी १५ को उपाधि सोमबार त्रिभूवन आर्मी क्लबले जितेको छ । फाइनल खेलमा आर्मीले मध्यामाञ्चललाई १०–० स्कोरले पराजित गर्यो ।
जूनियरतर्फ भने अन्तरविद्यालय छात्र टच रग्वीको उपाधि भने सैनिक आवासिय महाविद्यालयले जितेको । छात्रको फाइनल खेलमा सैनिकले बेलोर एकेडमिलाई १५…–० स्कोरले पराजित गर्दै उपाधि हात पार्यो । त्यस्तै नक्सालको बृहस्पति स्कुलले भने तेस्रो स्थान हात पार्यो । छात्रातर्फ पनि बृहस्पती नै तेस्रो भयो ।
छात्रातर्फको काभ्रेको बलोर एकेडमिले उपाधि हात पारे । फाइनल खेलमा बेलोर एकेडमि काभ्रले नेपाल पुलिस स्कुलाई १५–० स्कोरले हराएको थियो । प्राविधक संयोजक गोविन्द घिमिरेले नेपालमा पहिलो पटक रग्वी–१५ को आयोजना गरीएकोले पनि थप लोकप्रिय बन्न केही समय लाग्ने जनाए ।
प्रतियोगिताका विजेता टीमले ट्रफि,मेडल र प्रमाणपत्र हात पारे । विजेता खेलाडीलाई प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्रि सत्य नारायण मण्डल,रग्वी सघंका अध्यक्ष टकं लाल घिसिङ्ग ,महासचिव चेतनराज गीरी र सैनिक अधिृकत जिवन थापा लगायतले पुरस्कृत गरे । कार्यक्रममा खेलकुद मन्त्रि मण्डलले नेपाल खेलकुद विकासका लागि केही नितीगत कामहरु गर्नु पर्ने आश्यकता औल्याए ।
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्याइज युनियन क्लब जित हात पार्न सफल भएको छ। रोमाञ्चक खेलमा श्री कुमारी क्लबलाई ५-३ को हार चखाउन सफल भएको छ। यो जितमा ब्वाइज युनियनको रेलिगेसनबाट जोगिएको छ। खेलको १९ औं मिनेटमा पाल्देन तामाङको गोलमा श्री कुमारी ले पहिले अग्रता बनायो। तर यो अग्रता धेरै बेर टिकेन। […]
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपका सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक,अफिसियललाई ट्रयाक सुट र क्याप विरतरण गरिएको छ । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा तथा महासंघका कोषाध्यक्ष एवंम टोलीका व्यवस्थापक किशोर भट्टराईले आज खेलाडीलाई ट्रयाक सुट र क्याप वितरण गरे। ट्रयाक सुट र क्याप कोषाध्यक्ष भट्टराईले उपलब्ध […]
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]