8 years ago
August 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– मुख्यतः नेपालको भलिबल प्रबद्र्धनको उद्देश्यसहित स्थापित संजय स्मृती प्रतिष्ठानले रौतहटको दुर्गम गाउँ लौकाहामा बाढी पिडितलाई राहत साम्रगी वितरण गरेको छ । स्थानीय प्रशासनको सहयोगमा प्रतिष्ठानले हालै करिब ३० भन्दा बढी घरपरिवारलाई राहत साम्रगी वितरण गरेको थियो ।
बाढीका कारण तराईमा हजारौ जनताले जनधनको क्षती ब्यहोरिरहेको बेला प्रतिष्ठानले राहत वितरण गरेको हो । लौकाहामा सरकार पछि राहत वितरण गर्ने प्रतिष्ठान पहिलो संस्था हो । संजय स्मृती प्रतिष्ठान अध्यक्ष निरोज मास्के, प्रतिष्ठानका रबिन्द्र पाल्पाली, रिता कोइरालाले राहत वितरण गरेका थिए ।
संजय स्मृती प्रतिष्ठान अध्यक्ष मास्केले तराई जनतालाई अप्ठयारो अवस्थामा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । ‘अप्ठयारो अवस्थामा सहयोग गर्नु मानवीय धर्म हो । तराईका जनताले अहिले ज्यादै अप्ठयारो अवस्थाको सामना भोगिरहेको छन्,’ उनले भनिन्,‘यस्तो बेला सबैले आफनो ठाउँबाट सहयोग गरे तराई बासीलाइ धेरै राहत पुग्नेछ ।’
जिल्ला विकास रौतहटका इन्जिनियर दिपेन्द्र यादवले प्रतिष्ठानले सहयोगले लौकाहाबासीलाई राहत मिलेको बताए । प्रतिष्ठानले यसअघि बालबालिका, अशक्तलाई सहयोग गर्दै आएको छ । बाढी गएको लामो समय बितिसक्दा समेत सरकारी राहत पाउन नसकेका पिडितलाई प्रतिष्ठानले स्थानीय प्रहरीको सहयोगमा प्रभावित क्षेत्रमै पुगेर चामल, दाल, तेल, ब्लाङ्केट, चाउचाउ, म्याट्रेस, झुल, औषधी लगायतका सामाग्री वितरण गरेको थियो ।
प्रतिष्ठानले हरेक वर्ष नेपाली भलिबलमा योगदान गरेको एक पुरुष र एक महिला खेलाडीलाई सञ्जय स्मृती खेलकुद अवार्डबाट नगदसहित सम्मान गर्दै आएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]