7 years ago
August 20, 2017
कोरुना (एजेन्सी) – डिर्पाेटिभो ला कोरुनाले आइतबार राति ला लिगा च्याम्पियन रियाल म्याड्रिडको सामना गर्दैछ । खेल नेपाली समयअनुसार सोमबार बिहान २ बजेपछि डिर्पाेटिभो ला कोरुनाको घरेलु मैदानमा हुनेछ ।
यस सिजन दुई उपाधि (युइएफए र स्पेनिस सुपरकप) जितिसकेको रियाल म्याड्रिड डिर्पाेटिभो ला कोरुनालाई घरेलु मैदानमै पराजित गर्दै ला लिगामा उत्कृष्ट सिजन शुरुवात गर्न अभियानमा हुनेछ ।
प्रतिबन्धका कारण सुपरस्टार क्रिष्टियोनो रोनाल्डोलाई गुमाएको रियाललाई खेलाडी अभावको महसुस हुने छैन । स्पेनिस सुपरकपको पहिलो लेगमा गोल गर्ने बित्तिकै रातो कार्ड पाएको रोनाल्डो पाँच खेलको प्रतिबन्धको सामना गरिरहेको छ । सुपरकपको दोस्रो लेगमा रोनाल्डो नभएपनि रियालले बार्सिलोनालाई २–० ले पराजित गरेको थियो ।
यि दुई टिम बीचको हेड टु हेडलाई हेर्दा रियल म्याड्रिड नै अघि देखिएको छ । ला लिगाको खेलमा रियलले १७ खेलमा जित हासिल गर्दै ७ मा पराजय भोगेको छ ।
रियाल म्याड्रिडको सम्भावित ११
केलर नाभास (गोलरक्षक), ड्यानी कार्भाजल, राफेल भराने, सजिर्ययो रामोस, मार्सेलो, लुका मोड्रिक, क्यासमिरो, टोनी क्रुस, बेल, करिम बेन्जेमा रमार्काे एसेन्सियो
डिर्पाेटिभो ला कोरुनाको सम्भावित ११
रुवेन, जुवान फ्रान, आरीवास, स्केचर, लुसिन्हो, ब्रुनो गामा, बोर्गेस, गुइल हेरमी, बाक्काली, कर्ताविया र एन्डन
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एपिएफ क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको पहिलो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई ४-१ ले हराएको हो। दोस्रो खेलमा एपिएफले एफसी खुमलटारलाई ३-० ले पराजित गरेको हो ।
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णालीमा चैतमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको १ सय १९ औं बोर्डले दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको राखेपले जनाएको छ। सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बसेको बैठकले लोगो र मस्कट […]
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]