default_image

8 years ago

August 13, 2017

पौडीमा नयाँ नियम प्रयोग गर्ने तयारी

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पौडी संघले बिहिबारदेखि शुरु हुने २० औं राष्ट्रिय पौडी प्रतियोगिताबाट नयाँ नियम लागु गर्ने तयारी गरेको छ । नयाँ नियम अनुसार एक खेलाडीले कुनै चार इभेन्टमा मात्रै सहभागिता जनाउन पाउनेछ । फिना, ओलम्पिक लगायत अन्य खेलहरुमा खेलाडीले जुनसुकै खेलमा खेल्न पाउने प्रावधान छ ।

पौडी संघले ल्याउन लागेको नियम फिना च्याम्पियनसिप र ओलम्पिक लगायत कुनैपनि खेलमा लागु हुदैन । तर, नेपाल पौडी संघका उपाध्यक्ष तथा प्रतियोगिताको संयोजक गीता राणाले एकै खेलाडीले सबै इभेन्टमा सहभागिता जनाउदा खेलाडीको खेलको स्तर नबढ्ने भएकाले खेलाडीलाई निश्चित इभेन्टमा केन्द्रित गर्न यस्तो खालको नियम लागु गर्न लागिएको बताईन् ।

‘हामीले लागु गर्न लागेको नियम पौडीको आधिकारिक प्रतियोगिताहरुमा लागु गरिएको छैन । तर, हामीले खेलाडीहरुको खेलको स्तर बढाउनकै लागि निश्चित इभेन्टमा खेलाडीलाई केन्द्रित गर्न लागेका हौं । नियम लागु गर्ने तयारी गरेको हो, निर्णयमा पुगिसकेको छैन ।’

यस्तै प्रतियोगिताको प्राविधिक कमिटिका सदस्य राजेश बज्राचार्यले नयाँ नियमको अवधारणा अघि सार्ने प्रयास भैरहेको बताए । नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले कुनै निश्चित खेलाडीलाई लक्षित गरेर नियम नबनाएको बताए । ‘हामीले कुनै राम्रो खेलाडीलाई लक्षित गरेर नियम बनाउन लागेका हैनौ ।’ महासचिव श्रेष्ठले भने, ‘खेलाडीकै हितका लागि र उनीहरुलाई आफ्नै इभेन्टमा बढी फोकस गर्नको लागि नियम प्रयोग गर्न लागेको हो । यस्तो हुन सके कम्तीमा उनीहरु आफ्नै इभेन्टमा बढी केन्द्रित हुन पाउनेछ ।’

१९ औं संस्करणमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका शिरिष गुरुङले १६ स्वर्ण जितेका थिए । यसै प्रतियोगिताको लागि रियो ओलम्पिककी कान्छी खेलाडी बनेर चर्चित बनेकी गौरिका सिंह लण्डनबाट नेपाल आइसकेकी छिन् । गौरिकाले गतवर्ष भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई चार पदक दिलाएकी थिइन ।

भदौं १ र २ गते दुई दिन सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा हुने प्रतियोगितामा प्रतियोगितामा ५ विकास क्षेत्र, त्रिभूवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र नेपाल एपीएफ क्लबबाट गरी १ सय ३६ खेलाडीको सहभागिता जनाउनेछ । ३६ इभेन्ट रहेको प्रतियोगितामा पुरुषतर्फ ७३ र महिलातर्फ ६३ खेलाडीले विभिन्न इभेन्टसमा सहभागिता जनाउनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.