default_image

8 years ago

August 10, 2017

श्रेष्ठ क्यानाडा प्रस्थान, बिष्ट अमेरिका जाने

125 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद ) – नेपाली करातेका सफल खेलाडी दक्षिण एसियाली खेलकुद (साग) का दुई स्वर्ण विजेता दीपक श्रेष्ठ कराते कोचेज तथा म्यानेजमेन्ट सेमिनारमा सहभागी हुन बिहीबार क्यानाडाको ओटावा प्रस्थान गरेका छन् ।

Dipak

सेमिनार अगष्ट १८ देखि २२ तारिखसम्म सञ्चालन हुनेछ । क्यानाडाको सेमिनारपछि नेप्लिज स्पोर्ट्स एन्ड कल्चरल डेभलोप्मेन्ट कमिटीले आयोजना गर्ने अन्तरक्रियामा सहभागी हुन श्रेष्ठ अमेरिकाको न्युयोर्क जाने छन् । अन्तरक्रियामा नेपाली खेलकुदको विकासका विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै नेपालका लागि दक्षिण एसियाली खेलकुद (साग) मा लगातार ४ स्वर्ण र एसियाली खेलकुदमा २ कास्य पदक जितेका तेक्वान्दोका दीपक बिष्ट इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसिएसन (आइएनटिए) को निमन्त्रणामा शुक्रबार अमेरिका जाँदैछन् । अगस्ट १४ मा पोर्टल्यान्टमा हुने आइएनटिएको बैठकमा बिष्ट सहभागी हुनेछन् ।

ओलम्पियन विधान लामा अध्यक्ष रहेको आइएनटिएमा एसियन खेलकुदकी रजत पदक विजेता सविता राजभण्डारी, किशोर श्रेष्ठ, नारायण गुरुङ, रेणुका थापा मगर, निर्मल श्रेष्ठ, निरञ्जन श्रेष्ठ, कमल क्षेत्री लगायत छन् । नेपालमा एभरेष्ट तेक्वान्दो गर्न सबैभन्दा मुख्य भूमिका आइएनटिएले नै गरेको थियो । त्यसपछि बिष्ट पनि श्रेष्ठसँगै न्युयोर्कको कार्यक्रममा सहभागी हुनेछन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार बिष्टले दुवैलाई सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिदाइ गरे ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.