8 years ago
August 5, 2017
कास्की(हाम्रो खेलकुद ) – भलिबलकी अरुणा शाही र लन टेनिसका कुमार अधिकारी दोस्रो पोखरा स्पोर्टस् अवार्ड अन्र्तगत वर्ष उत्कृष्ट महिला खेलाडी उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा पोखराले शनिबार पोखरा सभागृहमा आयोजना गरेको दोस्रो संस्करणको अवार्डमा भलिबलकी अरुणाले फुल कन्ट्याक्ट करातेकी सुस्मी श्रेष्ठ, भारोत्तोलनकी टीका माया गुरुङलाई पछि पारिन् ।
अघिल्लो वर्ष समेत मनोनयनमा परेकी शाहीले सेन्ट्रल जोन भलिबलमा नेपाललाई दोस्रो बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेकी थिईन्। यस्तै अरुणाले एनभिए क्लब लिग भलिबलमा वेष्ट सर्भर घोषित भएकी थिईन् । सातौं राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चललाई कास्य तथा सृजना आमन्त्रण भलिबलमा दोस्रो र केएनपी महिला भलिबलमा टिमलाई तेस्रो बनाउन शाहीको महत्वपूर्ण भुमिका रहेको थियो ।
पुरुषतर्फ कुमार अधिकारीले क्रिकेटका करण केसी र ह्याण्डवलका विशाल वस्नेतलाई पछि पार्दै उत्कृष्ट खेलाडी घोषित भएका हुन् । कुमार पाँच वर्षसम्म राष्ट्रिय च्याम्पियन बन्न सफल भएका खेलाडी हुन् । उनले गतवर्ष पूर्वाञ्चलमा भएको सातौ राष्ट्रिय खेलकुदमा खुल्ला डबल्र्स र मिक्स डबल्समा स्वर्ण जितेका थिए । पुरुष सिंगल्समा भने उनी कास्यमा सीमित भएका थिए ।
भलिबल र एथ्लेटिक्सकी ममता डगौरा उदीयमान खेलाडी घोषित भईन् । उनले एथलेटिक्सका दर्शना बुढा मगर र सागर नेपालीलाई पछि पारिन् । भलिबलकी १४ वषीय प्रतिभावान खेलाडी ममता फुटबल र एथ्लेटिक्सका समेत उत्कृष्ट खेलाडी हुन् । उनकै उच्च प्रदर्शनमा पश्चिमाञ्चलले सातौ राष्ट्रिय खेलकुदमा कास्य जितेको थियो । उनकै योगदानमा पश्चिमाञ्चलले क्षेत्रीय भलिबल च्याम्पियनसिप तथा एथ्लेटिक्समा स्वर्ण जित्न सफल भएको थियो।
वर्षको उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका सुनबहादुर लामा चुनिए । उनले भारोत्तोलनका वखतमान श्रेष्ठ र एथलेटिक्सकी इन्द्रा मल्ललाई पछि पारिन् । सन् १९९५ देखि तेक्वान्दोको प्रशिक्षक बनेका सुनबहादुर कै प्रशिक्षणमा खेलाडीहरु थुप्रै पदकहरू जित्न सफल भएका छन् ।
गत वर्षबाट सुरु भएको पोखरा स्पोर्टस अवार्डमा यसपटक एथ्लेटिक्सका पुर्व खेलाडी खड्ग रानाभाटलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । उत्कृष्ट संघको बाजी नेपाल लन टेनिस एसोसिएसनले हात पार्यो । वर्ष उत्कृष्ट संघलाई नगद १० हजार र अर्वाड प्राप्त गर्यो भने उत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाए।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]