7 years ago
August 2, 2017
काठमाडौं – गर्विलो इतिहास , चुनौती र सम्भावनाका बीच भर्खरै राजन केसी खेलकुद मन्त्री नियुक्त भएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले करिब ४५ दिन पछि आफ्नो मन्त्री परिषद विस्तार गर्दा केसीलाई खेलकुद मन्त्रालयको जिम्मेवारी सुम्पेका छन् ।
संविधान कार्यान्वयन का लागि अत्यावश्क निर्वाचनहरु सम्पन्न गर्ने, भूकम्प र नाकाबन्दीको मारले पिडामा परेका जनताको जीवन स्तर उकास्न महत्वपूर्ण मिसनका लागि सहयोगीहरु तय भए सगै स्वयम प्रधानमन्त्री र मन्त्रीहरुको परीक्षाको घडीको सुइ चलेको छ । अस्तव्यस्त व्युरोक्रेसी, राजनैतिक कुआरण, नैतिकरुपमा खस्केको पदिय मर्यादा र समृद्धि पथमा मात्र लाग्ने स्वार्थी प्रबृतिका बीचमा कुन मन्त्रालय कसरी चल्ला भनेर अनुमान लगाउन सजिलो छैन ।
कम समय सिमा भित्र नीतिगत निर्णय सहित संघिय संरचनामा आफ्नो मन्त्रालयको भुमिकालाई चुस्तदुरुस्त बनाई भविष्यको आधार समेत तय गर्नु पर्ने चुनौती सबैलाई रहेको छ । चुनौती र सम्भावनको बीचमा केहि गर्न सक्ने र गर्नु नै पर्ने मन्त्रालयका रुपमा युवा तथा खेलकुद मन्त्रालय पनि पर्दछ । सिद्धान्तगत रुपमा सबैभन्दा शक्तिशाली मन्त्री र मन्त्रालयका रुपमा युवा तथा खेलकुद मन्त्रालय हुनुपर्ने हो, तर हाम्रो देशमो व्यवहारमा भने त्यस्तो केही देखिदैन ।
यहाँ सम्मकी सके सम्म खेलकुद मन्त्री बन्नै नपरोस् भन्ने नेताहरुको जमात ठूलै छ । कम बजेट, अधिक राजनीति, भ्रष्टाचारमा लिप्त खेलकुद, मेनपावरको रुपमा फष्टाएको खेल संघहरु र पार्टीगत भागबण्डामा चलेको कर्मचारीतन्त्रका बीचमा राष्ट्रियता, अनुशासन र पहिचान हराएको मन्त्रालय हो खेलकुद मन्त्रालय ।
उसो त युवा र राष्ट्रियताको जग बोकेको मन्त्रालय पनि यहि एउटा मात्र हो भन्दा फरक पर्दैन । विश्व मानचित्रमा नेपालको पहिचानलाई स्थापित गराउने नेपाली विभुतीहरु, सास्कृति र प्राकृतिक सम्पदा बाहेक खेलकुद मात्र त्यस्तो क्षेत्र हो जसले राष्ट्रलाई नेतृत्व गरिरहेको हुन्छ । पछिल्लो समय नेपाली खेलकुद जिर्ण अवस्थामा छ । करौडौ भ्रष्टाचारका विषयहरु देखी राजनैतिक तिलस्मी खजना बनेको छ खेलकुद । युवा को नाममा राजनैतिक भर्ति केन्द्र सावित भएको छ । हरेक घटना राजनैतिक पूर्वाग्रहमा घटाइने र न्यायका लागि अदालत र अख्तिायर धाउने नियति नेपाली खेलकुदमा हेर्नलायकको दृष्यहरु बनेको छ।
तामम समस्या र चुनौतीको घेरमा नेपाली काँग्रेसले १८ वर्ष पछि खेलकुदको नेतृत्व गर्न लागेको छ । नेतृत्वकर्ताका रुपमा मन्त्री केसी अगाडी आएका छन् । दोस्रो संविधान सभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भारी मतान्तरले पराजित गरेर चर्चा कमाएका केसी अबको परीक्षामा के हुनेछ यो चासोको विषय बनिरहेको छ । स्पष्ट वकलात गर्न सक्ने र कर्मशिल स्वभावका केसीले चुनौती पार गर्न सक्लान ? यो प्रश्न को जवाफ समयले दिने छ।
नेपाली खेलकुदको क्षेत्रमा काँग्रेसको नेतृत्वलाई सर्वाधिक सफल नेतृत्वको रुपमा स्विकार गरिएको छ । पछिल्लो १८ वर्ष को अवस्थालाई चिरेर काँग्रेस नै खेलक्ुदका लागि आवश्यक पार्टी हो भनेर प्रमाणित गर्ने अवसर केसीलाई रहेको छ । सन् १९९९ प्रधानमन्त्री कृष्ण प्रसाद भटराई, खेलकुद मन्त्री शरदसिंह भण्डारी , विनोदशंकर पालिखे सदस्य सचिव को कार्याकालमा नेपालले आयोजना गरेको आठौं दक्षिण एसियाली खेलकुद (साफ हालको साग) र त्यो साफमा प्राप्त गरेको सफलता नेपालको खेलकुद इतिहासको सर्वाधिक सफल प्रतियोगिता हो । नेपाल पहिलो पटक साफमा पदक तालिकाको दोस्रो स्थानमा त्यतिबेला पुग्न सफल भएको थियो ।
आठौं साफ पछि खस्कदै गएको नेपाली खेलकुद पछिल्लो वर्ष सम्म आइपुग्दा अझै तल्लो तहमा पुगेको छ । २ वर्ष पछिको १३ औं साग , खेलसंघहरुको अवस्था, भौतिक पूर्वाधार निर्माणको अवस्था र नीतिगत सुधार सहित संघिय संरचनाको खेलकुद उदारहणका रुपमा पेश गरेर सम्मानीय प्रधानमन्त्री किसुनजीको निरन्तरता , वी.पीको समाजवादमा देखिएको राष्ट्रियताको जग, काठमाडौंको रैथानेका रुपमा गणेशमान सिंह झै नेतृत्व र खेलकुदमा भएको छद्भभेषीतालाई गिरिजाप्रसाद कोइरालले झै ब्रेक गरेर नेपालमा खेलकुद र युवाको क्षेत्रमा उदाहरणीय कार्य गरेर देखाउन सक्नु वर्तमान खेलकुद मन्त्रीको चुनौती र अवसर हो ।
किनकी १८ वर्ष पछि त्यो पार्टीले खेलकुदको नेतृत्व गर्न लागेको छ । एउटा खेलाडी, प्रशिक्षक, खेलकर्मी र व्यवसायिक साझेदारीता गर्नेले कुन पार्टीको भनेर त्यतिबेला सम्म हेर्दैन जतिबेला सम्म उसले पार्टीगत राजनीति गर्दैन । केबल खेलकुदको पक्षमा काम गर्दछ । अहिले खेलकुदमा को काँहा बाट आयो भन्ने कुराले खास ठूलो अर्थ राख्दैन । के के काम मा कस्तो नजिता दिन सक्छन् । यो महत्वपूर्ण विषय बनेको छ । यो अवसर र चुनौतीलाई केसीले पार गरुन्।
लेखक भट्टराई जिल्ला खेलकुद विकास समिति काठमाडौंका उपाध्यक्ष हुन् ।
November 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) टोली कर्णाली याक्सले विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्समा छनोट गरेको छ । ट्यालेन्ट हन्टबाट छनोट भएका ५ उत्कृष्ट खेलाडी मध्यबाट मंगलवार विपिनलाई आइकोनिक खेलाडीमा छनोट गरेको टोलीले जनाएको छ । आइकोनिक खेलाडी बनेसँगै विपिनले एनपिएलको पहिलो संस्करणमा कर्णाली याक्सको प्रतिनिधित्व गर्नेछन् । कर्णालीले ‘ट्यालेन्ट हन्ट’बाट विपिनसँगै मनिष थापा, […]
November 15, 2024
एजेन्सी – इटाली र फ्रान्स नेसन्स लिगको क्वार्टरफाइनलमा पुगेका छन् । इटाली र फ्रान्स शुक्रवार भएको अलग अलग खेलको नतिजापछि एक खेलअघि नै समूह लिग ए समूह २ बाट अन्तिम आठमा पुगेका छन्। इटालीले बेल्जियमलाई १-० ले पराजित गरेको छ। ११ औं मिनेटमा सान्द्रो टोनालीले गरेको गोल नै इटालीका लागि निर्णायक बन्यो । टोनालीको त्यो […]
November 12, 2024
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा नेपाल प्रिमियर लिग (एनपिएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न भएको छ । विराटनगरले कोशी प्रदेशका ५ जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्ट बिर्तामोडको युनाइटेड क्रिकेट एकाडेमीमा सम्पन्न भएको हो । कार्यक्रममा १ सयभन्दा बढी खेलाडी सहभागी थिए । झापाका विभिन्न पालिकाका युवा क्रिकेटरहरु ट्यालेन्ट हन्टमा सहभागी भएका थिए […]