8 years ago
July 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास मंगलबारदेखि हुने भएको छ । आयोजक नेपाल स्क्वास संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करण मंगलबार देखि शनिबारसम्म हुने जानकारी गराएको हो ।
यसपटक प्रतियोगितामा एक विधा थप गरिएको छ । मेन्स ओपन, गल्र्स ओपन, मास्टर ४५ देखि ५४ तथा भेट्रान ५५ वर्षमाथि, जुनियर ब्वाइज यु–१६ र जुनियर ब्वाइज यु–१९ गरी ६ विधामा खेल हुनेछ । यस्तै प्लेट च्याम्पियनसिप समेत हुनेछ । प्रतियोगिताको जुनियर ब्वाइज यु–१६ र जुनियर ब्वाइज यु–१८ विधालाई अगस्ट र सेप्टेम्बरमा भारतमा हुने इंण्डियन जुनियर च्याम्पियनसिप र इण्डियन क्लासिक च्याम्पियनसिपको तयारीको रुपमा हेरिएको छ । यस्तै यसै विधालाई सन् २०१८ मा हुने एसियाडको तयारीको रुपमा हेरिएको नेपाल स्क्वास राकेट्स संघका उपाध्यक्ष किरण श्रेष्ठले जानकारी गराए ।
प्रतियोगिताको ६ विधामा करिव ८५ भन्दा बढी खेलाडीले सहभागिता जनाउनेछ । करिव २ लाख ७५ हजार खर्च लागने अनुमान गरिएको प्रतियोगिताको मेन्स ओपनको विजेताले १८ हजार, दोस्रोले १० हजार र सेमिफाइनलमा पुग्नेले समान ४–४ हजार प्रँप्त गर्नेछन् । यस्तै गल्र्स ओपनको विजेताले ११ हजार, दोस्रोले ६ हजार र सेमिफाइनलमा पुग्नेले समान ३–३ हजार प्राप्त गर्नेछन् ।
यस्तै जुनियर ब्वाइज यु–१९ को विजेताले ६ हजार, दोस्रोले तीन हजार र सेमिफाइनलिष्टले समान १५–१५ सय तथा जुनियर ब्वाइज यु–१६ को विजेताले ४ हजार, दोस्रोले ३ हजार र सेमिफाइनलिष्टले समान १५–१५ सय प्राप्त गर्नेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]