default_image

8 years ago

July 28, 2017

नक्साल बक्सिङ क्लबद्धारा खेलाडीहरुको सम्झना

125 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – राजधानीको नक्सालस्थित नागपोखरी परिसरमा नक्साल बक्सिङ क्लबले आफ्नो टोलका पुराना र चर्चित खेलाडीहरुको सम्झनामा फोटो प्रदर्शनी गरेको छ ।

नागपोखरी महोत्सवकै दौरान क्लबले आफ्नो टोलबाट बक्सिङ खेलमार्फत राष्ट्रलाई चिनाएका पूर्व ओलम्पियन, चर्चित मुक्केबाज, प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री लक्ष्मण शम्शेर थापा, पुष्करध्वज शाही र कृष्णमान श्रेष्ठ र नक्साललाई फुटबलमा चिनाउने दिनेश सिलवाल लगायतको फोटो प्रदर्शनीमा राखिएको छ । फोटो प्रदर्शनी भोलिसम्म चल्नेछ । नक्साल बक्सिङ क्लबका रमेशदास श्रेष्ठले बिर्सनै लागेका पुर्व हस्तीहरुलाई पुनः चिनारी होस् भनेर फोटो प्रदर्शनीमा राखिएको बताए ।

स्वर्गीय मुक्केबाज, प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री लक्ष्मण शम्शेर थापालाई बक्सिङको क्लब र पहिलो अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना गराउने व्यक्तित्वको रुपमा चिनिन्छ । उनकै अगुवाई वि.स. २०२० मा जापानमा आयोजना भएको ओलम्पिकमा चार जना नेपाली बक्सरले सहभागिता जनाउने मौका पाएका थिए । उनकै अगुवाईमा वि.स. २०३३ मा नेपाल बक्सिङ संघको स्थापना भएको थियो । उनलाई नेपाली बक्सिङ इतिहासमा अनगिन्ती बक्सर जन्माउने व्यक्तित्वको रुपमा समेत लिइन्छ ।

लक्ष्मण शम्शेर थापाले कमलपोखरीमा वि.स. २०१८ मा आफ्नै घरमा बक्सिङ क्लब खेलेपछि शुरुवात भएको मानिन्छ । त्यसपछि नक्साल खेलकुद मण्डल, नक्साल युथ बक्सिङ क्लब र हाल नक्साल बक्सिङ क्लबको रुपमा क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिरहेको छ ।

यसबाहेक पुष्करध्वज शाहि पनि सागमा पदक विजेता खेलाडी रहिसकेका छन् भने कृष्णमान श्रेष्ठ पनि नेपाली बक्सिङमा लामो इतिहास बोकिसकेका खेलाडी हुन्।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

Success

Thank you for your time.