8 years ago
July 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एसियन जुनियर बक्सिङ च्याम्पियनसिपका लागि नेपाली युवा बक्सर ओम परियार फिलिपिन्स जाने भएका छन् । एसियन जुनियर बक्सिङ च्याम्पियनसिप फिलिपिन्सको पुर्तो प्रिन्सेसा शहरमा अगस्ट १ देखि ८ तारिखसम्म सञ्चालन हुदैछ ।
नेपाली बक्सिङ टोली शुक्रवार त्यसतर्फ प्रस्तान गदैछ । एसियन बक्सिङ फेडेरेसनको वार्षिक क्यालेन्डर अनुसार आयोजना भएको च्याम्पियनसिपमा ओमले ४९ केजी तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । नेपाली टोलीको नेतृत्व नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले गर्नेछन् । यसैगरी प्रशिक्षकको भूमिका भने काजकिस्तानका बक्सिङ प्रशिक्षक मुख्तार बर्दिमतोभले निर्वाह गर्नेछन् ।
नेपाली टोलीलाई बिहीबार सातदोबाटोमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार बिष्टले विदाई गरे । विगत तीन महिनादेखि विभिन्न विद्यालयमा बक्सिङ प्रशिक्षण सुरु गरेको नेपाल बक्सिङ संघले अन्तर्राष्ट्रिय प्रतियोगितामा युवा बक्सरको सहभागिताले नयाँ खेलाडीलाई प्रोत्साहित गर्ने विश्वास लिएको छ ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]