default_image

8 years ago

July 26, 2017

बार्सिलोना विरुद्ध म्यानचेस्टर युनाइटेड – खेलको जानकारी

103 views

0 Bookmark

अमेरिका (एजेन्सी) – युरोपियन फुटबलका दुइ महारथी बार्सिलोना र म्यानचेस्टर युनैतेद प्रि सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा भिड्दैछन्। बुधबार हुने खेल मेरिल्याण्डस्थित फेदएक्स मैदानमा हुने कार्यक्रम रहेको छ।

युनाइटेडको यो अमेरिकामा खेलिने अन्तिम मैत्रीपूर्ण खेल हो भने बार्सिलोनाले आगामी आइतबार रियल म्याड्रिडको सामना गर्नेछ। युनाइटेडले यसअघि खेलेका ४ मैत्रीपूर्ण खेलमा जित हात पारेको छ भने बार्सिलोनाले पनि युभेन्टसलाई हराउँदै प्रि सिजनको सुखद सुरुवात गरेको। युनाइटेडले एलए ग्यालेक्सी र रियल साल्ट लेकलाई हराएपछि इङ्गलिस क्लब सितिलाई पराजित गरेको थियो। केहि दिन अघि भएको खेलमा म्याड्रिडलाई पेनाल्टीमा हराएको युनाइटेडले युरोपमा फर्केर २ खेल खेल्नेछ।

बार्सिलोनाका लागि यस खेलमा नेयमार सुरुवाती रोजाईमा पर्ने बुझिएको छ पिएसजीले विश्व कीर्तिमानी रकमको प्रस्ताव राख्दै आएको र नेयमार मौन रहनुले नेयमारको यो बार्सिलोनाको लागि अन्तिम खेल हुनसक्ने पनि बुझिएको छ। यता मोउरिन्होले भने आफ्नो टोलीले अझै १ वा २ खेलाडीलाई भित्र्याउने बताएका छन्।

खेलको जानकारी:

खेल हुने समय: नेपाली समयानुसार बिहिबार बिहान ५:१५ बजे

प्रत्यक्ष प्रसारण: टेन २ र सोनी लिभ

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.