default_image

8 years ago

July 26, 2017

ब्याडमिन्टनमा सुदिपलाई मुख्य प्रशिक्षकको जिम्मेवारी

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्र्तगत तालिम तथा योजना विभागले पूर्व नेपाल च्याम्पियन सुदिप योन्जनलाई ब्याडमिन्टनको चिफ कोचको जिम्मेवारी दिएको छ । सुदिप एक वर्षअघिबाट सहायक चिफ कोचको जिम्मेवारीमा रहँदै आएका थिए ।

यसअघि ब्याडमिन्टनको चिफ कोचको रुपमा रजनी श्रेष्ठ सन् २०१२ देखि रहँदै आएका थिए । मंगलबार चिफ कोचमा नियुक्त भएका सुदिपले सन् २००० मा भारतको पाट्यालाबाट १ वर्षे प्रशिक्षकको कोर्ष पुरा गरेका थिए । यस्तै चिफ कोच योन्जनले सन् २०१५ मा ब्याडमिन्टन वल्र्ड फेडेरेसनबाट लेभन १ र २ कोर्ष पनि पुरा गरेका छन् । उनी ब्याडमिन्टन वल्र्ड फेडेरेसन अन्र्तगतको प्रशिक्षक पनि हुन् ।

चिफ कोचको जिम्मेवारी पाएपछि प्रशिक्षक योन्जनले सन् २०१९ मा नेपालमै १३ औं दक्षिण एसियाली खेलकुद (साग) को टिम इभेन्टसमा रजतपट जिताउने लक्ष्य रहेको बताए । ‘दक्षिण एसियामा अन्य देशको प्रदर्शन समान भएपनि भारत निकै माथिल्लो तहमा छ ।’ चिफ कोच योन्जनले भने, ‘अघिल्लो सागमा नेपाल टिम इभेन्टस्मा तेस्रो भएको थियो । यसपटक दोस्रो बनाउने योजना छ ।’ यस्तै अन्य आमन्त्रण प्रतियोगिताहरुमा गोल्ड मेडल जिताउने लक्ष्य रहेको उनले सुनाए । योेन्जनकै प्रशिक्षणमा नेपालले सन् २००४ मा पाकिस्तानमा भएको प्रतियोगितामा दुई कास्यपदक जितेको थियो ।

यस्तै सन् २००८ मा नेपालमै भएको प्रतियोगितामा एक रजत र एक कास्य जितद सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियाड प्रतियोगितामा नेपाल टिम इभेन्टस्मा पाँचौ भएको थियो । वि.स. २०३९ बाट ब्याडमिन्टन खेल्न थालेका योन्जन यु–१४, यु–१६ च्याम्पियन हुदै नेपाल च्याम्पियन समेत बन्न सफल भएको थियो । योन्जनले सन् १९८८ मा कास्य जितेका थिए । त्यसयता योन्जनले १० वर्ष सम्म राष्ट्रिय टिममा रहेर थुपै्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलेका थिए । त्यसपछि उनी कोचिङतर्फ लागेका थिए ।

यस्तै राखेप अन्र्तगत तालिम तथा योजना विभागले तेक्वान्दोमा नन्दु राई, बडिबिल्डिङमा राजेन्द्र तुलाधार र जुडोमा दल बहादुर गुरुङलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.