default_image

8 years ago

July 25, 2017

पाँचौं अन्तर आर्सनल नेपाल फुटसल सम्पन्न

146 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – टिम लुयनबर्गले टिम राइटलाई ४-१ ले हराउँदै पाँचौं अन्तर आर्सनल नेपाल फुटसलको उपाधि जितेको छ। सानेपा स्थित फिल्ड फुटसलमा शनिबार आयोजित प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो।

१०० खेलाडिहरु सम्मिलित यस प्रतियोगितामा टोलीहरुलाई दुई समूहमा विभाजित गरिएको थियो । दुवै समूहबाट दुई-दुई टोलीहरुले सेमिफाइनलको यात्रा तय गरेका थिए । सेमिफाइनलमा टिम राइटले टिम सिम्यानलाई ५-४ ले हराउँदै फाइनल पुगेको थियो भने विजेता टिम लुयनबर्गले टिम एडम्सलाई २-० ले पन्छ्याउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।

फाइनलमा कप्तान निरज पुडासैनीको ह्याट्रिकको मद्दतले टिम लुयनबर्गले ४-१ को सहज जित दर्ता गर्दै उपाधि उचालेको थियो । प्रतियोगिताका सर्वाधिक गोलकर्ता निरज पुडासैनी भए र सर्वोत्कृष्ट खेलाडिको उपाधि टिम राइटका कुबेर जङ्ग पाण्डेले प्राप्त गरे । लुयनबर्गका अमित खड्का उत्कृष्ट गोलकिपर चुनिए भने टिम सिम्यानका राजिव चौधरीले उदीयमान खेलाडीको उपाधि जिते । प्रतियोगिताको प्रायोजक जर्सी पसल र ज्याज अपस्टेर्स थिए।

प्रतियोगिताको समापन समारोहमा बोल्दै आर्सनल नेपालका अध्यक्ष नबिन चित्रकारले सहभागी सम्पूर्णलाई धन्यवाद दिए। ‘सबैको सहभागिताले नै यो प्रतियोगिता सफलतापूर्वक सम्पन्न भयो । आउने दिनमा पनि यस्तै साथको अपेक्षा राख्छौँ र सबैलाई धन्यवाद दिन चाहन्छौँ ।’

सन् २००९मा स्थापना भएको आर्सनल नेपालले वर्षभरी विभिन्न खेलकुद तथा सामाजिक गतिविधिहरु गर्दै आएको छ ।

April 13, 2025

तेक्वान्दो निर्णायक काजल अमेरिकामा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिकामा सम्मानित भएकी छिन् काजललाई न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले आफ्नै एकेडेमीमा स्वागत गर्दै नगद र सम्मान पत्रले सम्मानित गरिएको हाे । काजललाई एसियाडका कास्य तथा सागका स्वर्ण र रजत विजेता मनिता शाहीबाट ३ सय अमेरिकी डलर र पुष्प थापा मगरबाट १ सय […]

April 12, 2025

नेपाल चार देशीय सिरिजको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान १ अंक बाँडेका हुन् । नेपालले ३ खेलबाट ५ अंक जोड्दै फाइनल यात्रा तय गर्‍यो । यस्तै ३ खेलबाट ४ अंक जोड्दै कुवेतले पनि फाइनलमा स्थान सुरक्षित गर्‍यो । ३ खेलबाट ३ […]

April 11, 2025

आइपिएलमा चेन्नई र कोलकाता भिड्दै

एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ‌‌। एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ। त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले […]

Success

Thank you for your time.