7 years ago
July 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – हंगेरीको बुढापेष्टमा जारी १७ औं फिना विश्व पौडी च्याम्पियनसिपमा नेपालकी टिसा शाक्यले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।
सोमबार भएको महिला १ सय मिटर ब्रेष्टस्ट्रोकमा टिसाले अघिल्लो वर्ष ओलम्पियन गौरिका सिंहले सन् २०१५ मा काठमाडौंमा सम्पन्न २० औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा राखेको कीर्तिमानलाई भंग गरेकी हुन् ।
टिसाले निर्धारित दुरी १ मिनेट २६.१३ सेकेण्डमा पुरा गर्दै गौरिकाको कीर्तिमानलाई भंग गरेकी हुन् । गौरिकाले उक्त दुरी १ मिनेट २६.७२ सेकेन्डमा पुरा गर्दै कीर्तिमान कायम गरेकी थिईन् ।
December 25, 2024
तनहुँ (हाम्रो खेलकुद) – बराहडाँडा युवा क्लबकाे आयाेजना तथा बराहडाँडा टोल विकास संस्थाको सह–आयोजनामा हुने २८ बजार मेलामा पुरुष र महिला भलिबल प्रतियोगितासँगै विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । शुक्लागण्डकी नगरपालिका– १२ बराहडाँडा तनहुँमा रहेको बाराही प्राथमकि विद्यालयले हरेक वर्षको पुस २८ गते बार्षिकोत्सव मनाउँदै आइरहेकाेमा पछि यो वार्षिकोत्सव २८ बजार मेलाले चिनिन्छ […]
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्को साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]
December 22, 2024
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता एकदिने पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आठौं सस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २९ डिसेम्वर २०२४ अर्थात अर्काे साता हुने जानकारी गराएको छ । च्याम्पियनसिप सिड्नीको लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ […]