9 years ago
November 16, 2015
काठमाडौं, कात्तिक ३० रोयल पेनगुइन बुटिक होटल र क्रु क्लोदिब युकेले संयुक्तरुपमा काभ्रेको ढुखंर्क गाविसका भूकम्प पीडित दलितलाई जाडो छेक्ने न्यायो लत्ताकपडा वितरण गरेको छ ।
ढुखंर्कमा सोमबार आयोजित कार्यक्रममा तेक्वान्दोका ओलम्पियन दीपक विष्ट, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ दीपक थापा, ढुंखर्कका निर्वतमान अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले झन्डै ७० घरधुरी पीडितलाई लत्ताकपडा हस्तान्तरण गरेका थिए । वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट प्रभावित जिल्ला मध्ये काभ्रे पनि एक हो । वितरण गरिएको कपडामा ज्याकेट, स्वेटर, जम्पर, बेबी ब्ल्याबकेट, तन्ना, मफलर, सल रहेका छन् । पीडित खिलबहादुर विकले भूकम्पले सबैलाई प्रभाव पारेको यस्तो अवस्थामा जाडोको कपडा सहयोग गरेकोमा रोयल पेनगुइन र क्रु क्लोदिब युकेलाई धन्यवाद दिए ।
पेनगुइनका व्यवस्थापक कुचाब लामाले भूकम्प पीडित दलितलाई सहयोग गर्ने अभियानमा साथ दिएको क्रु क्लोदिबलाई धन्यवाद दिए । ओलम्पियन विष्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले विगतमा पनि ढुंखर्कका पीडितलाई सहयोग गरेको चर्चा गर्दै भने, पीडाका बेलामा सानो सहयोगको पनि ठूलो महत्व हुन्छ । यो सहयोगले जाडो छल्न मद्दत गर्न सक्छ । भविष्यमा पनि हामी सहयोगका लागि पहल गर्नेछौं । निर्वतमान गाविस अध्यक्ष तिमल्सिनाले ढुंखर्कका पीडितलाई सहयोग गरेकामा गााउबासीकातर्फबाट पेनगुइन र क्रु क्लोदिबलाई धन्यवाद दिए । उनले त्यो सहयोगमा गाविसका दलितका सबै घरधुरी समेटिएको जानकारी दिए ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]