default_image

8 years ago

July 14, 2017

नेपाल र यूएईबीचको खेलमा ‘कुलिङ ब्रेक’ दिइने

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच शनिबार हुने एएफसी यू २३ च्याम्पियनसिप छनोटको खेलमा कुलिङ ब्रेक दिइने भएको छ । यूएईको अध्याधिक गर्मीका कारण कुलिङ ब्रेक दिन लागिएको नेपाली टोलीका व्यवस्थापक सञ्जिव मिश्रले जानकारी दिएका छन् ।

प्रशिक्षणका क्रममा खेलाडी एवं प्रशिक्षक

यूएईको तापक्रम ४१ डिग्रीभन्दा माथि रहेकोले च्याम्पियनसिपका सबै खेलमा कुलिङ ब्रेक दिइने बताइएको छ । कुलिङ ब्रेक एउटा खेलमा दुई पटक दिइनेछ । पहिलो ब्रेक ३० र दोस्रो ७५ मिनेटमा दिइने बताइएको छ । नेपाल र यूएईबीचको खेल दर्शकका लागि निशुल्क गरिएको छ ।

नेपाल र यूएईबीच शनिबार पहिलो पटक आधिकारिक प्रतिस्पर्धात्मक खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव समेत रहेको मिश्रले बताए । नेपाल र यूएईबीचको खेल तुसुबिन मोहमद रंगशलामा हुनेछ । नेपालको राष्ट्रिय टोली र युएईको राष्ट्रिय टोलीबीच सन् १९९६ मा मैत्रीपूर्ण खेल भएको थियो ।

विमल घर्ती मगरको कप्तानीमा रहेको नेपाली टोलीले च्याम्प्यिनसिपको छनोटमा यूएईपछि सोमबार उज्वेकिस्तान र अन्तिम खेल लेबनानसँग बुधबार खेल्नेछ । नेपालले खेल्ने सुरुका दुई खेल नेपाली समय अनुसार राती ८ः१० बजे र अन्तिम खेल राती ११ बजे सुरु हुनेछ ।

बिहीबार युएई पुगेको नेपाली टोलले हिजै केही समय अभ्यास गरेको थियो । राजुकाजी शाक्य मुख्य प्रशिक्षक रहेको टोलीले यू २३ छनोट खेल्ने तयारीमा रहेको बंगलादेशको युवा टोलीलाई असार २७ गते सातदोबाटोस्थित एन्फा मैदानमा १–० ले हराएको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.