9 years ago
November 15, 2015
फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमण विरुद्ध आज दशरथ रंगशालामा मैनबत्ती बाल्ने कार्यक्रम भयो|
नेपाल खेलकुद पत्रकार मंचको आयोजनामा भएको कार्यक्रममा खेल क्षेत्रका हस्तीहरुको बाक्लो उपस्थिति थियो| राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार बिष्ट पनि सो कार्यक्रममा सहभागी भएका थिए| फ्रान्सको राष्ट्रिय रंगशाला ‘पार्क डे प्रिन्सेस’मा फ्रान्स र जर्मनी बीच मैत्रीपुर्ण फुटबल खेलको दौरान भएको आतंकबादी हमलामा तिन जनाको ज्यान गएको थियो| सोहि समयमा पेरिसको अन्य पाँच ठाउमा हमला हुँदा १६० भन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो|
विश्वोभरबाट भत्सर्ना गरिएको सो घटनाको विरोधमा आयोजित मैनबत्ती बाल्ने कार्येक्रममा मंचका अध्यक्ष अजय फुयाल, सचिब प्रकाश तिमल्सिना, राखेपका सदस्य सचिव लगाएतका वक्ता हरुले यस्ता कार्यहरुको बिरोध गर्दै खेलक्षेत्र मात्र नभई कुनै पनि क्षेत्रमा हुन नहुने बताए|
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]