8 years ago
July 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पकनाजोल स्थित कुमारी फुत्सलमा आयोजित रोडहाउस फुत्सल कप २०७४को उपाधि बौद्ध रोड हाउसले जितेको छ । रोड हाउस ठमेल ‘ए’लाई ८–४ ले हराउँदै रोड हाउस बौद्धले उपाधि जितेको हो ।
आज भएको फाइनलमा बौद्धका लागि राजकुमार तामाङ एक्लैले ६ गोल गरे भने सञ्जय मगर र कप्तान सुरज खड्काले समान १ गोल गरे । ठमेलका लागि ४ गोल गनै कप्तान सरोज कार्कीले गरे ।
त्यसअघि कर्पोरेट ग्रुपले प्रतियोगितामा तेस्रो स्थान हासिल गर्यो । टाइब्रेकरमा पिज्जारिया पुल्चोक लाई २–० ले हराउँदै कर्पोरेट तेस्रो भएको थियो । निर्धारित ६० मिनेटको खेल ४–४ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टीमा कर्पोरेटका सुरेशराज गिरी र रेविन कायस्थले गोल गरे ।
फाइनलमा ६ गोल गरेका बौद्धका राजकुमार तामाङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । रोड हाउस ठमेलका राकेश देउजा उत्कृष्ट गोलकिपर चुनिए भने पिज्जारिया पुल्चोक फेयर प्ले टोली घोषित भए । सेन्टर किचेनका रोम रेमी मगरले स्पेसल पुरस्कार पाए ।
विजेता बौद्धले उपाधिसहित २० हजार, दोस्रो ठमेलले १५ र कर्पोरेटले १० हजार रुपैयाँ प्राप्त ग¥यो । विजेता, उपविजेता टोलीका खेलाडीलाई रोड हाउसका अध्यक्ष रञ्जनकृष्ण कायस्थ र मेनेजिङ डाइरेक्टर चन्दनकृष्ण कायस्थले पुरस्कृत गरे ।
चेन रेष्टुरेन्ट रोड हाउस ग्रुपको आयोजना तथा गोर्खा ब्रुअरीको प्रायोजन र कोकाकोलाको सह प्रायोजनमा भएको असार १८ गतेदेखि सुरु भएको प्रतियोगितामा ग्रुपका ९ टोलीको सहभागिता थियो ।
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिकामा सम्मानित भएकी छिन् काजललाई न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले आफ्नै एकेडेमीमा स्वागत गर्दै नगद र सम्मान पत्रले सम्मानित गरिएको हाे । काजललाई एसियाडका कास्य तथा सागका स्वर्ण र रजत विजेता मनिता शाहीबाट ३ सय अमेरिकी डलर र पुष्प थापा मगरबाट १ सय […]
April 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान १ अंक बाँडेका हुन् । नेपालले ३ खेलबाट ५ अंक जोड्दै फाइनल यात्रा तय गर्यो । यस्तै ३ खेलबाट ४ अंक जोड्दै कुवेतले पनि फाइनलमा स्थान सुरक्षित गर्यो । ३ खेलबाट ३ […]
April 11, 2025
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ। एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ। त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले […]