8 years ago
July 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – लक्ष्मणकुमार श्रेष्ठ स्मृति चौथो राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको पुरुष रिकर्भ व्यक्तिगत स्पर्धामा कास्की जिल्ला आर्चरी संघका अशिम शेरचन र स्वयम्भू रिक्रिएसन सेन्टरका रमेश भट्टचन सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा अशिमले १२ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता स्वयम्भूका प्रेमप्रसाद पुन तथा रमेशले नेपाल प्रहरी क्लबका तिलक पुन मगरलाई पराजित गरे । सोही स्पर्धाको महिलामा नेपाल आर्मीकी ज्ञानु अवालेले अन्नपूर्ण आर्चरी क्लबकी राज्यलक्ष्मी जोशी तथा अन्नपूर्णकी रश्मी दर्लामीले आर्मीकी आयशा तामाङलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
पुरुष व्यक्तिगत कम्पाउन्डमा राजधानीका सनातन मल्लले अन्नपूर्णका किशोर गुरुङ तथा कञ्चनपुर जिल्ला आर्चरी संघका होमबहादुर थापा मगरले बेस्ट आर्चरीका प्रजित अग्रवाललाई पाखा लगाउदै फाइनलमा पुगे । पुरुष रिकर्भ टिमको सेमिफाइनलमा स्वयम्भुले अन्नपूर्ण तथा कास्कीले बेस्ट आर्चरीलाई निराश पार्दै फाइनलमा स्थान पक्का गरे ।
नेपाल आर्चरी संघद्वारा आयोजित पुरुष व्यक्तिगत स्ट्यान्डर्डमा अन्नपूर्णका देव रोकाले स्वयम्भूका थार्चिन गुरुङ तथा आर्मीका डम्बर थापाले बेस्ट आर्चरीका ग्रिष्म गुरुङलाई पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे । त्यसै स्पर्धाको महिलामा अन्नपूर्णकी केशरी आलेले अन्नपूर्णकै सेलिना गुरुङ तथा अन्नपूर्णकी रोजिना थापाले आर्मीकी मित्रा राईको चुनौती पार लगाउदै फाइनलमा स्थान सुनिश्चित गरे ।
स्ट्यान्डर्ड पुरुष टिमको उपाधिका लागि बेस्ट आर्चरी र अन्नपूर्ण भिड्ने भएका छन् । बेस्टले आर्मी तथा अन्नपूर्णले स्वयम्भूलाई सेमिफाइनलमा पाखा लगाए। प्रतियोगिताको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । आर्चरी संघका अध्यक्ष स्व. श्रेष्ठको स्मृतिमा आयोजित दुईदिने प्रतियोगितामा ४७ पुरुषले ५ तथा १६ महिलाले २ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]