8 years ago
July 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पेप्सी ओपन गल्फ शनिबार रोयल नेपाल गल्फ क्लबमा शनिबार हुने भएको छ । आयोजक रोयल नेपाल गल्फ क्लबले बुधबार एक कार्यक्रमको आयोजना गर्दै दोस्रो संस्करणको प्रतियोगिता शनिबार हुने जानकारी गराएको हो ।
एक दिने प्रतियोगितामा करिव १२० खेलाडीहरुले सहभागिता जनाउने क्लबका अध्यक्ष रविन्द्रमान श्रेष्ठले जानकारी गराए । एक दिने प्रतियोगिता दुई सिफ्टमा हुनेछ । पुरुष, महिला, सिनियर जुनियर र सुपर सिनियर गरी पाँच क्याटगोरीमा खेल हुने रोयल नेपाल गल्फ क्लबका किसन अग्रवालले जानकारी गराए ।
यस्तै प्रतियोगिताको मुख्य प्रायोजक बरुन भेवरेजका टेरीटोरी डेभलपमेन्ट म्यानेजर निशी लामाले नेपाली गल्फको विकासको लागि प्रतियोगितालाई पहिलो संस्करणबाट प्रयोजन गरेको बताए । उनले आगमी संस्करणमा पनि पेप्सीको साथ रहने बताए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]