8 years ago
July 3, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडडिन्टन प्रतियोगिताको तेस्रो दिन पनि नेपाली खेलाडीले आफ्नो बर्चस्व कायम राखेका छन् । हल्चोक स्थित एपीएफको कभर्डहलमा सोमबार भएको खेलमा पुरुष एकल खुलातर्फ नेपालका शिर्ष वरियताका रत्नजित तामङ र दोस्रो वरियताका दिपेश धामी क्वार्टर फाइनलमा प्रवेश गरे ।
त्रिभुवन आर्मी क्लबका रत्नले नेपाल पुलिस क्लबका गौतम कठायतलाई २१–१९, २१–१७ को सोझो सेटमा हराए । पुलिसका दिपेशले भारतका रञ्जन बुरागाईलाई २१–१३, २१–१८ ले हराए ।
पूरुष एकलकै अन्य खेलमा एपीएफ क्लबका साजन ताम्राकारले आर्मीका प्रफुल्ल मर्हजनलाई २१–१०, २३–२१ को सेटमा हराउँदै क्वार्टर फाइनलमा स्थान बनाए । अर्को खेलमा आर्मीका नविन श्रेष्ठले एपीएफका सुमन लिम्बुलाई २१–१४, २१–१७, पुलिसका विष्णु कटुवालले एपीएफका सुदिप सेडाईलाई २१–२३, २१–१८, २१–१६ को सेटमा हराए ।
सोही स्पर्धाको अन्य खेलमा पाकिस्तानका अजिम सरवारले एपीएफका विजित थापामगरलाई २१–१८, २१–१५ तथा पाकिस्तानकै नुरद अलीले श्रीलंकाका नम्बर एक खेलाडी रनथुस्का करुनाथिलाकालाई २१–१३, २१–१७ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]